bank

BANK





Powered by Blogger.
टिस्टुङमा ३ सय जनाको सामुहिक म्ह पूजा गरी संस्कृति र पर्यटनको प्रवद्र्धन गर्दैछौं

हरिगोपाल श्रेष्ठ, अध्यक्ष, टिस्टुङ बज्रबाराही नेवा पुच

नेपाल संवत ११ सय ३९ को अवसरमा नेपालमै पहिलो पटक सामुहिक रुपमा वृहत  म्ह पूजा आयोजना गर्न कस्सीएका छन् राजधानीसंगै जोडिएको पुरानो वस्ती टिस्टुङका सम्पदाप्रेमीहरु । उत्तरी मकवानपुरको टिस्टुङ बज्रबाराहीमा विभिन्न काम गरेर चर्चामा आएको टिस्टुङ बज्रबाराही नेवा पुचको अगुवाइमा यो पटक संस्कृतिको जर्गेना र पर्यटन प्रवद्र्धनका लागि यस्तो कार्यक्रम अघि सारिएको हो । 

आगामी कात्तिक २२ गते टिस्टुङको फापुङ स्थित लाछी डबलीमा सामुहिक म्ह पूजा हुने भएको छ । नेपालमा सम्भवत पहिलो पटक ३ सय जनाले सामुहिक म्हपूजा गर्दैछन् । 

पहिलो पटक सामुहिक म्ह पूजाको आयोजना गर्न लागिएको आयोजक टिस्तुङ बज्रबाराहि नेवा पुचले अन्य विभिन्न संस्थाहरु समेतलाई साथमा लिएर यो कार्यक्रम गर्दै छ ।  प्रस्तुत छ यसै सेरोफेरोमा संस्थाका अध्यक्ष हरिगोपाल श्रेष्ठसंग गरिएको कुराकानीः

सामुहिक म्ह पूजाको पूजाको महत्व के छ ?

नेवार समुदायमा तिहारको चौथो दिन म्ह पूजा गर्ने परम्परा छ ।  हरेक घर परिवारका सदस्यहरु भेला भएर म्हः पूजा गर्ने चलन रहेको छ । नेवारी भाषामा म्हः भनेको शरीर हो । म्हः अर्थात आफ्नै शरिरको पूजा गर्ने अनौठो र रोचक पर्वका रुपमा यो पर्व रहि आएको छ । 

आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफैंलाई आराधना गरी शरीरभित्रको चेतनपुञ्जलाई पूजा गरिन्छ । समग्र देवी देवता, ऊर्जा शक्ति, विश्व–ब्रम्हाण्ड मानव शरीरभित्र नै रहेको विश्वास गरी यस्तो अभुतपूर्व शरिरमा  नै इश्वरको बासस्थल भएको विश्वास गरी आफ्नै शरिरको पूजा गरिन्छ । 

अर्को अर्थमा आफ्नो उद्धार आफैले मात्र गर्न सकिने म्हः पूजाको अर्को पक्ष हो । म्ह पूजा गर्दा शरीरमा शान्ति भएर आत्मशान्ति मिल्ने भएकाले तान्त्रिक विधि अनुसार म्हः पूजा गरिन्छ । 

म्ह पूजा गर्दा अष्ट चिरञ्जीवीको प्रतिक र अष्ट ऐश्वर्य झल्कने आकर्षक मण्डप बनाएर त्यसमा आत्मस्वरूप पूजा गरिन्छ । हामीले पनि यस वर्ष टिस्टुङमा संस्कृति र पर्यटन प्रवद्र्धन गर्न सामुहिक म्ह पूजा आयोजना गर्दैछौं ।

त्यत्रो वृहत कार्यक्रम तपाँइहरु एक्लैले गर्नुहुन्छ ?

संस्कृति र पर्यटन प्रवद्र्धन जस्तो वृहत काममा वृहत ऐक्यवद्धता र एकता हुनुपर्छ । त्यसैले हामीले यो कार्यक्रम एक्लैले आयोजना गरेका होइनौं । सबैलाई वृहत रुपमा समेटेका छौं । टिस्टुङ बज्रबाराही नेवा पुच, हलिं नेवा गुठी टिस्टुङ, रामलाल श्रेष्ठ स्मृती प्रतिष्ठान, ज्यापु महागुठी लगायतले यो सामुहिक  म्ह पूजा संयुक्त रुपमा आयोजना गर्न लागिएको हो । 

यो कार्यक्रमलाई अनुमानित १ लाख रुपैयाँ खर्च हुने छ । हामी आयोजकहरुले २० हजारका दरले अर्थिक व्यवस्थापन गरेका छौं । हामीले सुरु गरेको यो अभियानलाई टिस्टुङमा पर्यटन प्रवद्र्धनका लागि स्थानिय निकायले बजेट छुट्याएर निरन्तरता दिन समेत हामी आग्रह गर्छौं । 

 काठमाडौबाट यो कार्यक्रमका लागि ज्यापु संस्कृति विकास कोषका उपाध्यक्ष सन्तकुमार महर्जन प्रमुख आतिथिका रुपमा सहभागी हुनेछन् भने अन्य संस्कृतिकर्मी हरु पनि सहभागी हुनेछन् ।



म्ह पूजाकै दिन नेपाल संवतको पनि आरम्भ हुँदै,  नेपाद संवतको अरु कुनै कार्यक्रम छ की ?

बाजा खल, स्थानिय जन प्रतिनिधि, बुद्धीजीवी संस्कृतिकर्मी र आयोजक सबै संस्थाहरु मिलेर हामीले टिस्टुङमा भिन्तुना ¥याली सहित बजार परिक्रमा गरि दिउँसो करिव ३ सय जनाको सामुहिक म्ह पूजा गर्दैछौं । 

म्हपूजामा काठमाडौ, ललितपुर भक्तपुरबाट पनि पाहुना आउने छन् । साथै टिस्टुङकै स्थानीयको सहभागिता रहनेछ ।

नेपाल संवत प्रचलनबारे  बताइदिनु हुन्छ की ?

नेपाल संवत कसरी सुरु भयो भन्नेबारेमा कथा छ । भक्तपुरका शंखधर भन्ने एक व्यापारीले घरमा ल्याएको बालुवा चार दिनपछि सुनमा परिणत भएको थियो । त्यो सुन उनले ऋणमा डुबेका गरिब जनतालाई बाँडेका थिए । अनि जनताले आफ्नो ऋण तिरेको भनाइ छ । 

अर्को किंवदन्ती अनुसार शंखधर भन्ने एक व्यापारी थिए । उनी धेरै धनी थिए । शंखधरका साथीहरू पनि व्यापारी थिए । तर शंखधरको जस्तो व्यापार उनीहरूको हुँदैनथ्यो । ती साथीलाई शंखधरको व्यापारप्रति डाह भयो । उनीहरूले जालझेल गरेर राजालाई यसले अनैतिक व्यापार गरेको छ भनी पोल लगाइदिए । 

यो उजुरीपछि राजाले शंखधरको सम्पत्तिमाथि अतिक्रमण गरे । यसबाट विचलित शंखधर जोगीजस्तै भएर हिँड्न थाले । पछि राजाले खोजतलास गर्दा अनैतिक नभएको पत्ता लाग्यो । राजाले पश्चताप गर्दै तिमी इमान्दार रहेछौ, तिम्रो सम्पत्ति फिर्ता लैजाऊ भने ।

 गुमिसकेको पैसा र सम्पत्ति फिर्ता पाएका शंखधरले ऋणमा डुबेका जनतालाई सहयोग गरे र सबै जनताको ऋण मोचन भयो ।  त्यस्तै अर्को कथा अनुसार नेपाल सम्वत ११३९ वर्ष पहिले भक्तपुरका राजा राघब देवले आफ्ना ज्योतिषीको आज्ञा मुताविक शुभ साइतमा काठमाडौको शोभा भगवती नजिकको खोलामा बालुवा निकालेर ल्याएमा सुनमा परिणत हुने थाहा पाइ बालुवा लिन भरिया पठाए । 



काठमाडौ मरु टोल क्षेत्रमा शंखधर भन्ने व्यापारी थिए उनले भक्तपुरमै बालुवा हुँदाहुँदै राजाले काठमाडौको बालुवा लिन पठाएको थाहा पाइ केहि रहश्य हुन सक्ने सोचे । भरियाले ल्याएको बालुवाको ज्याला दिइ आफ्नो घरमा खन्याउन लगाए । 

भरिया पैसा पाएपछी खुसी हुँदै शुभ साइतमा निकालेको बालुवा  शंखधरलाई बुझाएर अर्के बालुवा लिएर गए । शंखधरले लिएको बालुवा सुनमा परिणत भयो भने उता भक्तपुरका राजाले पाएको बालुवा सुनमा परिणत भएन । राजाले रिसाएर ज्योतिषशाष्त्रको अविश्वास गरि ज्योतिषीलाई कारवाही गरे । 

केहि दिनपछी के भएको रहेछ भनी काठमाडौमा जासुसी पठाए । जासुसीले शुभसाइतमा निकालेको बालुवा शंखधरको घरमा रहेको पत्ता लगाए । राजाले शंखधरलाई पक्राउ गरे । तर बालुवा अनैतिक रुपमा नभएर शंखधरले किनेर लिएकाले कारवाहि गर्न मिलेन । 

राजाले बालुवाबाट बनेको सबै सुन राजालाई बुझाए शंखधरको नाममा नेपाल संवत चलाउने वचन दिए । शंखधरले सुन फिर्ता दिने तर नेपाल मण्डलका सबै जनताको ऋण मोचन हुनुपर्ने सर्त राखे । सोहि बमोजीम नेपाल संवत प्राराम्भ भएको संस्कृतीविद्हरुको धारणा र इतिहास पाइन्छ ।

नेपाल संवत नेपालमा प्रचलित एक लुनार क्यालेण्डर अर्थात चन्द्रमासमा आधारित साल हो । नेवार समुदायले मान्ने यो संवत सबै नेपालीहरुको हो । तर नेपालीहरुमा यो नेवार समुदायको मात्र संवत हो भनेर भ्रम छ । यो भ्रम हटाउन जरुरी छ ।

लुनार क्यालेण्डर अनुसार चन्द्रमासमा आधारित भएकाले नेपाल संवतमा सरकारी काजकाजी तिथिको आधारमा हुँदा दिन सरिरहने भएकाले समस्या आएकाले नै त चन्द्र शमसेरले यो संवत विस्थापित गराइ भारतमा चलिरहेको विक्रम संवत प्रचलनमा ल्याएका हुन् भनिन्छ नि ?

यस्तै धारणाहरु मैले पनि पाएको छु । तर नेपाल संवत नै नेपालको मौलिक संवत हो । नेवारहरुको संवत भनेर तत्कालीन केहि शाषकहरुले यसलाई गलत परिभाषित गर्दै गए । 

तर इतिहासमा हेर्ने हो भने सबै अभिलेख र ताडपत्रहरु तथा देश विदेशमा राजाहरुले पत्राचार गरेको पत्रहरुमा नेपाल संवत नै प्रचलनमा थियो । जब नेपाल एकिकरण पछि पनि पृथ्वी नारायण शाहले नेपालमण्डलसँग जीत हासिल गरे पनि यहाँको मैलिक संस्कृती र नेपाल संवत माथी परिवर्तनमा उनले गलत निर्णय गरेनन् । 

नेपाल मण्डलकै राजाहरुसँग सर सल्लाह लिएर नेपाल मण्डलको नेवार संस्कृति सबै स्विकार्ने तर नेपाल मण्डलले आफुलाई विशाल नेपालको राजा स्विकार्न  पृथ्वी नारायण शाहले सर्त राखेका थिए । सोहि अनुसार नै अहले पनि नेपाल मण्डल अर्थात उपत्यकाका सबै संस्कृति जीवित छन् । 

शासकहरु बुझ्ने आए भने सत्यको जीत सधैं हुन्छ । उदाहरणको लागि २०६५ सालमा नेपाल संवतले फेरि राष्ट्रिय क्यालेण्डरका रुपमा मान्यता पाएको छ तर  व्यवहारमा कार्यान्वयन हुन सकेको छैन । यसमा सरकारको ध्यान जान अवश्यक छ । हामी त्यसका लागि सरकारलाई आग्रह् गछौं । 



0 comments

Write Down Your Responses