Powered by Blogger.
मकवानपुर उद्योग वाणिज्य संघको ३२ कोठे अत्याधुनिक अतिथि गृहको शिलान्यास

Image may contain: one or more people, child and outdoorहेटौँडा,१९ कार्तिक / मकवानपुर उद्योग वाणिज्य संघले ५ तल्ले अत्याधुनिक अतिथि गृह निर्माण गर्ने भएको छ । मकवानपुर उद्योग वाणिज्य संघको पल्पसा सभागृह परिसरमा रहेको १५ धुर जग्गामा निर्माण गरिने ३२ कोठे भवनको आज शिलान्यास गरिएको छ ।

तिहारको पहिलो दिनको अवसरामा आज हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले भवनको शिलान्यास गरेका हुन् ।
भवन निर्माणस्थलमा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल तथा मेयर महतले संयुक्त रुपमा पुजा गरेपछि भवनको शिलान्यास गरिएको हो । एक आधुनिक सभाहल सहित भवनमा ३२ वटा कोठाहरु रहने उद्योग वाणिज्य संघ मकवानपुरले जनाएको छ । कार्यक्रममा बोल्दै संघका सचिव विष्णुगोपाल महर्जनले भवन निर्माण २ वर्षभित्रमा सम्पन्न हुने बताएका छन् ।

भवन करिब ५ करोडको लागतमा निर्माण सम्पन्न हुने लक्ष्य लिईएको छ । निर्माणमा लाग्ने आवश्यक खर्च संघलाई भार नपर्ने गरी दाताहरुको सहयोगमा संकलन गर्ने योजना राखिएको छ । अतिथि गृहमा व्यक्ति÷संघ÷संस्था जो कोहीले पनि रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको र दाताहरुको नाम सहयोग राशि अनुसार शिलालेखदेखि अतिथि कोठा र सभाहलमा पनि राखिने अध्यक्ष कटुवालले बताएका छन् ।

कार्यक्रममा संघका पूर्वअध्यक्ष उत्तमशर्मा ढकाल, जीवनकाजी माकजु श्रेष्ठ, सल्लाहकार एकालाल श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, उपाध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल, गणेश प्रसाद भेटुवाल, रामप्रसाद न्यौपाने, महासचिव प्रमोदसिंह रानाभाट, कोषाध्यक्ष अनिल अग्रवाल, सचिव सन्तोष कुमार अर्याल, सचिव तथा प्रवक्ता काव्यमणि अधिकारी, कासस विष्णु खनाल, माधव ज्ञवाली, कृष्णप्रसाद ढंगाना, कुलप्रसाद चौलागाई, नरेन्द्र भण्डारी, राजु अधिकारी, राजाराम कार्की, रुपकराज दाहाल, दिवस पराजुली, दिपक खत्रीका साथै पुरानो गोरखगणका सेनानी अनिल बुढाथोकी, निर्माण व्यवसायी संघका अध्यक्ष श्याम सुन्दर ढकाल, प्याव्सन मकवानपुरका अध्यक्ष मदन दाहाल, नेपाल पत्रकार महासंघका अध्यक्ष हरि हुमागाई, संघका वस्तुगततर्फका अध्यक्ष तथा प्रतिनिधि, एशोसियटतर्फका प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि एवं सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । शिलान्यास कार्यक्रम पण्डित रामचन्द्र आचार्य “फुर्सदी” ले वैदिक विधि अनुसार गराउनु भएको थियो ।

0 comments

Write Down Your Responses