bank

BANK





Powered by Blogger.
पर्यटक गाइडहरु नाइके होइन, नेपालका सद्भावना र अवैतनिक राजदूत हुन्

निनाम कुलुङ ‘मंगले’ 
केही महिनाअघि ट्रेकिङ, ट्राभल, र्याप्mिटङ लगायत पर्यटन क्षेत्रसँग सम्बन्धित मजदुरहरुका सम्बन्धमा तलब बढेको भन्ने समाचार प्रकाशित भएको थियो । 

उक्त समाचारअनुसार हाल ट्रेकिङ, ट्राभल, र्याप्mिटङ लगायत क्षेत्रमा कार्यरत मजदुरहरुले खाईपाई आएको तलब–भत्तामा सरकारले राजपत्र प्रकाशित गरेरै ६ गुणासम्म वृद्वि गरेको छ । स्मरण रहोस्, यस सम्बन्धमा नेपाल सरकारले विसं २०७४ को माघ महिनामा राजपत्र प्रकाशित गरीसकेको छ । 

यसका लागि तालुकवाला मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहल गरेको थियो । स्मरणीय छ, विगत एक दशकभन्दा अघिदेखि सरकारले आधिकारिक रुपमा ट्रेकिङ, ट्राभल, र्याप्mिटङ लगायत क्षेत्रमा कार्यरत मजदुरहरुको तलब–भत्ता बढाएको थिएन । 

तर, अभैm पनि कतिपय ट्रेकिङ तथा भरियाहरुले सरकारले तोकेको दररेट भन्दा कम तलब भत्तामै सम्झौता गरेको देखिन्छ । 

तर, यो पंक्तिकारको प्रश्न भनेको नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका कर्मचारीहरुले किन अभैm पनि ट्रेकिङ, ट्राभल, र्याप्mिटङ लगायत क्षेत्रमा कार्यरत मजदुरहरुलाई उनीहरुको कामको प्रकृति र पदअनुसार किन सम्बोधन गर्दैन÷गर्न चाहँदैनन ? अथवा को बाट यस्तो गल्ती भईरहेको छ ? ताज्जुब यहाँनेर छ ।

किनभने, गत माघमा आएको साविकको ट्राभल तथा ट्रेकिङ नियमावलीको छैठौं संशोधनले पनि कामदार र नाइके शब्द मात्रै राखेर सम्बोधन गरेको छ । टे्रकिङ गाइडलाई गाइड भनी सम्बोधन गर्न कन्जुस्याँई गरिएको छ । जस्तो ट्राभल तथा ट्रेकिङ नियमावली छैठौं संशोधनको एक ठाउँमा भनिएको छ ‘३ हजार ७ सय (३,७००) मिटरसम्मको उचाईमा जाने नाइकेले विगतमा दैनिक ३०० (तीन सय) रुपैयाँ पाउँदै आएकोमा अब दैनिक १ हजार ५ सय (१,५००) पाउने छन् ।’

 यो पंक्तिकारले माथिको प्रसंग किन उठाएको हो भने, नेपालमा मुख्यतया ३÷४ प्रकारले विदेशी पर्यटकहरु नेपालको विभिन्न क्षेत्रमा पदयात्रा गर्न आउने गरेका छन् । 

 १, व्यक्तिगत रुपमा आपैm घुम्न जानेः यस्ता पर्यटकहरु स्वयम्ले आआप्mनो आवश्यक्ताका सरसमान, खाने कुरो, लत्ताकपडा, आवश्यक अन्य सरसामानहरु जोहो गर्छन । यस्ता पर्यटकहरुले आप्mनो सरसामान पनि सकेसम्म आपैm बोक्छन् । धेरै कम संख्याले कतैकतै भरिया लिएर जान्छन् । 

नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको धेरै संख्या पनि यस्तै खालका विदेशी पर्यटकहरुको रहेको छ । यिनीहरुलाई ठेट नेपालीमा ‘झोले पर्यटक’ भन्ने गरिएको छ । होटल र लज सजिलै पाइने पदयात्रा क्षेत्रमा यस्ता पर्यटकहरु धेरै जाने गरेका छन् ।

२, ट्रेकिङ÷ट्राभल कम्पनीमा दर्ता हुने तर, बाटोमा खाने बस्ने पैसा आपैm तिर्नेः यस्ता खालका पर्यटकहरु आप्mनो साथमा एजेन्सीबाट एकजना भरिया वा गाइड पनि लिएर जाने गर्छन् । नेपालमा यसरी पदयात्रामा जाने विदेशी पर्यटकको संख्या पनि धेरै छ । 

यस्ता खालका विदेशी पर्यटकहरु पनि नेपालमा सजिलै होटल, लज, होम स्टे आदि भएको ठाउँमा जाने गरेका छन् । यस्ता खालका पर्यटक पनि नेपालमा ठूलै संख्यामा आउने गरेका छन् भने यिनीहरु आपूm खुशी घुम्न जाने ‘झोले पर्यटक’हरुभन्दा केही गुणस्तरीय मानिन्छन् ।  

३, अर्को परम्परागत रुपमा नेपालमा विदेशीहरुलाई खुल्ला गरेदेखि नै गरिदै आएको क्यापिम्ङ टे्रकः यसरी क्याम्पिङ टे्रकिङ गर्ने विदेशी पर्यटकहरुले नै सुरुसुरुमा नेपालबारे विश्वलाई चिनाएका हुन् भन्न सकिन्छ । जे होस्,  यस्तो ट्रेक गर्नका लागि जनशक्ति पनि धेरै नै चाहिन्छ । 

किनभने, कहाँसम्म पदयात्रा गरेर फर्कने हो ? कति दिन लाग्छ ? सोही अनुसार हिसाव गरेर त्यति दिनसम्मका लागि खाने खाद्यान पुग्दो रुपमा लिएर जानुपर्ने हुन्छ । साथमा पर्यटक सुत्ने पाल (मिडिम टेन्ट), खाना पकाउने पाल (किचेन टेन्ट), पर्यटकलाई खुवाउने ठूलो पाल (डाइनिङ टेन्ट), पर्यटकलाई दिशा पिसाव गराउने सानो र अग्लो पाल (टोइलेट टेन्ट), सरदार, कुक र शेर्पाहरु सुत्ने पाल, पकाउन÷तुल्याउन चाहिने मट्टीतेल वा ग्यास (पहिलेपहिले दाउराले नै पकाइन्थ्यो), भाँडाकुँडा (किचेन गियर) लगायत आवश्यक सरसामान पनि साथमै लानुपर्छ । यसो गर्दा एकजना पर्यटक बराबार ३÷४÷५ जनासम्म भरिया चाहिन्छ÷चाहिन्थ्यो । 

अभैm पनि माथिल्लो मुस्ताङ, माथिल्लो डोल्पा, नुमला–बगाला पास, गोरखा जिल्लाको चुम उपत्यका, धादिङ, नुवाकोट, रसुवा वा गोरखा हुँदै गरिने रुवी भ्याली ट्रेक, गणेश हिमाल, गान्जाला पास, टाशीलाप्चा, हुम्ला, दार्चुला, मनाङको नार र फु क्षेत्र, खुम्बु क्षेत्रको कतिपय रुट, कञ्चनजंघा, मकालु, मिङमाला पास, शेर्पेनीकोल, अरुण भ्याली ट्रेक, नेपालको पूरै पूर्व–पश्चिम भएर गरिने ‘ग्रेट हिमालय ट्रेल’ ट्रेक, ट्रेकिङ पिकहरु चढ्न र ठूला हिमालहरु आरोहण गर्न जाने पर्वतारोहीहरु लगायत पदयात्रा गर्न चाहने पर्यटकहरुले क्याम्पिङ टे्रक नै गर्नुपर्ने वाध्यता छँदैछ । हुन त माथि उल्लेखित केही क्षेत्रमा हाल कच्ची सडक र मौसमी रुपमा यातायातको पहुँच पनि पुगी सकेको छ । 

जे होस् यस्तो खालको पर्यटनले स्थानीय वासिन्दाहरुलाई आर्थिक रुपमा सुको फाइदा नभए तापनि (स्थानीय उत्पादनहरु जस्तै सागसब्जी, खोर्सानी, स्याउ, आलु, कुखुरा, सुँघुर, भेडा, बाख्रा, जाँड–रक्सी मातृभाषीहरुले ऐला, आराक, हाङ्मुवा, सेजङ्वा भन्ने गरेको बाहेक) रोजगारको हिसावले भने यस्तो खालको पर्यटनबाट फाइदा नै भएको मानिन्थ्यो ।   

४, अर्को खाले पर्यटकहरुः नेपालस्थित विदेशी राजदूतावासमा कार्यरत, विभिन्न दातृ निकायमा कार्यरत, आइएनजिओ÷एनजिओमा कार्यरतहरु पर्यटकहरु । यिनीहरु पनि आपूm खुशी पर्यटक भएर घुम्न जाने त छँदैछ । साथमा आप्mनो देशका आफन्त, आफन्तका साथीभाइ लगायतलाई पनि नेपाल घुम्न बोलाएर आपैm गाइड भएर घुमाएर ल्याउँछन् । 

यसरी उनीहरु नेपालमा बसेर दोहोरो रुपमा पैसा कमाउँछन्, फाइदा लिन्छन् । र, यिनीहरुले नै नेपालमा रहेको बेरोजगारी, नेपालको कुनै पर्यटकीय क्षेत्रमा घुम्न गएका पर्यटकहरु उतै हराउने, त्यसरी हराएका पर्यटक सँधैका लागि वेपत्ता समेत हुने अनि नेपालमा हराएका पर्यटकका आफन्तहरु आप्mनो हराएको आमा वा बाबु, श्रीमान वा श्रीमती, छोरो वा छोरी, दाजु वा भाइ जिउँदै वा मरेको (लास), त्यत्ति पनि नभए हराएको पर्यटकले लगाएको लुगा वा धरोसम्म मात्रै भेट्टाए पनि हजारौं डलर वा लाखौं नेपाली रुपैयाँ पुरस्कार दिने भनी रुँदै, कराउँदै र बिलाउना गर्दै नेपाल आउने अवस्थाको अन्त्य गर्न सकिन्छ कि ?

 भनेर ‘एक पर्यटक एक नेपाली’को नीति पो लागू गर्ने हो कि ? भनी बहस र छलफल चलाउँदा÷गर्दा पर्यटकको मानवअधिकार हनन् हुने कुरो जोडदार रुपमा उठाउने गर्छन् । 

फेरि पनि माथिका बुँदागत टिप्पणीपछि यो पंक्तिकार के प्रस्ट पार्न चाहन्छ भने, नेपाल सरकारले ऐन, कानुन, नियम, विनियम, नियमावली आदि जारी गर्दा अबका दिनमा नेपाल सरकारको आधिकारिक निकायमा तालिम गरेर लाइसेन्स लिएका पथ प्रदर्शक वा गाइडलाई पथ प्रदर्शक वा गाइड भनी सम्बोधन गरुन्, नाइके ! होइन । 

किनभने, विश्वव्यापी मान्यता र भनाइ के छ भने, पर्यटकलाई गाइड गर्ने जुनसुकै देशका गाइडहरु पनि फगत गाइड मात्रै नभएर उनीहरु आप्mनो देशका लागि अवैतनिक राजदूत समेत हुन् । हुुन पनि जुनसुकै देशका पर्यटक गाइडहरुले आप्mनो देशमा घुम्न आएका विदेशी पर्यटकलाई आप्mनो देशबारे जति धेरै र तथ्यमा आधारित भएर बताउन सक्यो, उती नै देशलाई फाइदा पुग्छ । 

 त्यसैले ट्राभल तथा ट्रेकिङ नियमावलीमा तुरुन्तै सातौं संशोधन गरेर पर्यटकका गाइडहरुलाई अहिलेसम्म फगत नाइके भनेको÷सम्झेकोमा क्षमायाचना गर्दै नाइके होइन, नेपालका सदभावना र अवैतनिक राजदूत हुन् भनी सम्बोधन गरौं !

  –थप केही बुभ्mनु परेः ०१४६२०२००, ९८४३१५०९३४
     kehinajannekulung@gmail.com


      

0 comments

Write Down Your Responses