Powered by Blogger.
घण्टि बजाएर पानी आउने कुण्ड सुक्यो, पानीको काकाकुल

सुरेन्द्र राज थीके,भीमफेदी
मंशिर ३  /  भीमफेदी गाउंपालीका वडा न‍‍‍. ६ धोगभेदी पुलको खोला पारी ऐतिहाँसिक धार्मिक स्थल एक खण्डेशवर महादेब मन्दिरमा हरिबोधनी एकादशीका दिन दर्शनार्थीको भीड लाग्छ । उक्त मन्दिरको नजिकैै धारा ब्यवस्था छ तर बिगत २०७२ साल बैशाख १२ गते आएको बिनाशकारी भुकम्पले जलबायु पर्यावरण परिवर्तन भएको छ ।

बिगतसम्म देखिएको धारामा सानो पानी आउने गरेको थियो तर यता यस पटक जती घण्टी हल्लाए पनि पानी पलाएन भन्छन् उक्त पुजा स्थल सरसफाई सहयोगी ।
ण्टि हल्लाएर पानी पलाउछ र ? भन्ने प्रश्नमा भन्नु हुन्छ सुर्य बहादुर लामा यो मन्दिरको बिशेषता यो छ की यहा‌ँ हिउँदमा पनि पानी हराउदैन ।

 यहा अलि मन्दिर माथी माथी पाखामा सानो कुण्ड छ र थोरै देखीने पानी छ । हरीबोधनी एकादशीका एक दिन अगाडी हामी सधँै झँै मन्दिर ब्यबस्थापन गर्न आउछौ । मन्दि माथी कुण्डको पानी लाई कुलेसो बाटो बनाउदै पानी झार्छौ , तल धारा सम्म पानी सार्ने बाटो बनाए पछी पुजा गरेर खुब घण्टी बजाउछौ, अच्चम्म त तब हुन्छ घण्टी बजाउदा बजाउदै हाफ इञ्चको पानी धारोबाट झर्न थाल्छ । तर यो पटक झरेन भन्दै गुनासो पोखे ।

हुन पनी यो पटक उक्त मन्दीर जाने ठाउमा सधैँ झँै बर्ष खोला हुन्थ्यो तर यो बर्ष कमिला वारपार हिडदै थियो । जलबायु परिबर्तनले पानीको सम्स्या बढेको छ विश्लेषकहरुको भनाई छ । यस तर्फ सबैले सोच्ने वेला आएको छ । 

0 comments

Write Down Your Responses