Powered by Blogger.
३ नम्बर प्रदेशको राजधानी सार्न खोजिए कडा संघर्ष थालिने

हेटौंडा, २ मंसिर / नेपाली कांग्रेस मकवानपुरको जिल्ला कार्यसमितिको आईतबार बसेको बैठकले ३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट अन्यत्र सार्न खोजिए कडा संघर्षको कार्यक्रम गर्ने चेतावनी दिएको छ ।

नेपाली कांग्रेस मकवानपुरका कार्यवहाक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा बसेको बैठकले ३ नम्बर प्रदेशको राजधानी हेटौँडा नै उपयुक्त भएको निश्कर्ष निकाल्दै राजधानी अन्यत्र सार्ने खेलमा नलाग्न सांसदहरुलाई आग्रह गरेको छ ।

बैठकमा बोल्ने अधिकांश पदाधिकारी तथा जिल्ला सदस्यहरुले नेपाली कांग्रेस नेतृत्वको सरकारले गरेको निर्णय विपरित जान खोजे वर्तमान सरकारले त्यसको क्षति व्यहोर्न तयार हुनेपर्ने बताएका थिए । त्यस्तै बैठकले नेपाली कांग्रेसले गाउँगाउँमा गरिरहेको सशक्तिकरण अभियानलाई थप सशक्त ढंगले अगाडी बढाउने निर्णय गरेको छ ।

0 comments

Write Down Your Responses