Powered by Blogger.
महानिरीक्षक खनालको प्रमुख आतिथ्यमा कुकुर तालिम स्कुलको स्वर्ण जयन्ती


काठमाडौं । नेपाल प्रहरीमा कुकुर सेवाको सुरुवात भएको स्वर्णजयन्तीको अवसरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा केन्द्रीय प्रहरी कुकुर तालिम स्कुल महाराजगंजमा मंगलबार बिशेष कार्यक्रमको आयोजना गरियो ।

समारोहमा प्रहरी महानिरीक्षक खनालले सोही स्कुलको प्राङगणमा निर्मित कुकुर स्मारकको उद्घाटन, कुकुरको प्रतिमा अनावरण तथा माल्यार्पण गर्नुभयो । 



नेपाल प्रहरीमा अपराध अनुसन्धान, नियन्त्रण तथा रोकथाम, सुरक्षा लगायतका कार्यमा कुकुर सेवाले पुर्या्एको योगदानलाई विश्वभर फैलाउने उद्देश्य स्वरुप नेपाल पुलीस डग स्टीकर प्याकको प्रहरी महानिरीक्षक खनालले आरम्भ समेत गर्नुभयो ।

समारोहमा प्रहरी महानिरीक्षक खनालले यमपञ्चकको दोस्रो दिन कुकुर पूजाको आरम्भ गर्नुको साथै वर्षको उत्कृष्ट डग ह्याण्डलर प्रहरी जवान दिपेश रानाभाट र गार्ड कम्पिटिसनमा उत्कृष्ट डग जङगेलाई मेडल तथा पुरस्कार वितरण गर्नुभयो ।

प्रहरी महानिरीक्षक खनालले समाजमा शान्ति स्थापना, अपराध अनुसन्धान, नियन्त्रण तथा रोकथामको साथै विशिष्ट व्यक्तिहरुको गतिविधिमा कुकुर सेवाले पु¥याएको योगदानको चर्चा गर्नुभयो । 



कुकुर स्कुललाई समयसापेक्ष स्तरोन्नतिका लागि अग्रजहरुले पुर्याएको योगदानको प्रशंसा गर्दै उहाँले स्कुलको विकास सँगसँगै दक्ष जनशक्ति समेत तयार बनाउँदै लगिने बताउनुभयो । 

कुकुरले पुर्यारउने सेवामा पूर्णता प्राप्त गर्न प्रहरीको समेत दक्षता आवश्यक पर्ने बताउँदै प्रहरी महानिरीक्षक खनालले स्कुलमा कार्यरत प्रहरी कर्मचारीहरुले डग ह्याण्डलिङमा विशेष दक्ष हुनुपर्ने बताउनुभयो । स्कुलको पूर्वाधार विकासका साथै स्कुलले पु¥याउने सेवालाई अझ बढी चुस्त र व्यावसायिक बनाउन संगठन सदैव ढृढ संकल्पित रहेको उहाँले बताउनुभयो ।



उक्त अवसरमा केन्द्रीय प्रहरी कुकुर तालिम स्कुलका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. देउती गुरुङले स्वागत मन्तव्य व्यक्त गर्दै स्कुलको गतिविधि सम्बन्धी प्रतिवेदन समेत प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा स्कुलमा रहेका डगहरुबाट गार्ड कम्पिटिसन, बाधापार, ट्रयाकर डगको काम तथा लागूऔषध डगको काम सहितको प्रदर्शनी भएको थियो । 

यस वर्षको उत्कृष्ट डगमा ४ नम्बर प्रदेश प्रहरी कार्यालय, कुकुर शाखा पोखरामा सेवारत जर्मन शेफर्ड जातको ‘कुशल’ नामको कुकुर रहेको उक्त अवसरमा जानकारी गराइयो ।



कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी वरिष्ठ अधिकृतहरु, संचारकर्मी लगायत प्रहरी अधिकृत तथा जवानहरुको समेत उपस्थिति रहेको थियो ।



0 comments

Write Down Your Responses