Powered by Blogger.
जनशक्ति कृषक सहकारी संस्थाको ८ औँ बार्षिक साधारण सभा सम्पन्न

 थाहा /  थाहा नगरपालिका ३ दम्कीमा रहको जनशक्ति कृषक सहकारी संस्थाको ८ औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सस्थाका अध्यक्ष बिमल केसीको अध्यक्षतामा आज आइतबार संस्थाको कार्यालयमा सम्पन्न भएको हो ।  संस्थाका अध्यक्ष केसीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने सचिब राजकुमार केसीले  प्रगती प्रतिबेदन, कोषाध्यक्ष बाबुलाल कार्र्कीले आर्थिक प्रतिबेदन र लेखा समिति संयोजक सुमन खत्रीले लेखा समितिको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत प्रतिवेदन सर्वसम्मत अनुमोदन गरेको छ ।

 २०६८ सालमा स्थापना भएको सहकारीले हाल कृषकहरुको लागि रासायनिक मल, बीउ बिजन लगायत कृषि उपकरण सुपत र सुलभ दरमा उपलब्ध गराउदै आएको छ ।

0 comments

Write Down Your Responses