Powered by Blogger.
१ सय २४ जनाले गरे घरआंगनमै निःशुल्क आखाँ परिक्षण

थाहा / मकवानपुरको आग्रामा संचालन भएको १ दिने निःशुल्क आँखा शिविरबाट १ सय २४ जनाले सेवा लिएका छन् । विहिबार सम्पन्न शिविरमा आँखा जाँच गराएका मध्ये १० जनामा मोतियाविन्दु फेला परेको छ । मोतियाविन्दुका बिरामीलाई शल्यक्रियाका लागि हेटौंडा सामुदायिक आँखा अस्पतालमा पठाईएको नेपाल रेडक्रससोइटी दामन उपशाखाका सभापति राजकुमार केसीले बताए ।

बिरामीहरुलाई सहजरुपमा सेवा दिने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी दामन उपशाखा र हेटौंडा सामुदायिक आँखा अस्पतालको संयुक्त आयोजना, थाहा ७ / ८ नम्बर वडा कार्यालयको सहयोगमा शिविर संंचालन गरिएको हो । 

निःशुल्क आँखा शिविरमा थाहा नगरपालिका वडा नम्बर ७÷८ र कैलाश गाउँपालिका वडा नम्बर ५÷६ का जनताले सेवा लिएका छन् ।  गाउँघरमै आँखा परीक्षण तथा औषधि उपचार निःशुल्क पाएपछि बिरामी खुशी भएको सभापति केसीले बताए । 

सो शिविरमा हेटौंडा सामुदायिक आँखा अस्पतालका प्राविधिक कृष्ण कुसुवाह,चन्द्र कान्त चौधरी, बुद्धरत्न गोपाली लगायतले बिरामीको आँखा परिक्षण गराएका थिए । सो शिविरमा थाहा ८ का वडा अध्यक्ष टिका राम रुम्बा, थाहा ७ वडा सदस्य दिप्रेन्द्र कुमार थिङ, नेपाल रेडक्रस सोसाइटी दामन उपशाखाका पदाधिकारी लगायतको उपस्थित रहेको थिए । 

0 comments

Write Down Your Responses