Powered by Blogger.
सरकारले गति पक्रँदैछः बिडारी


मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी थाहा नगर अन्तर्गत १० नम्बर वडाका नेता कार्यकर्ताहरुको प्रयासमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । दुई पार्टीका तल्ला तहका कमिटीहरु औपचारिक रुपमा एकिकरण भइनसके पनि थाहा–१० का नेता–कार्यकर्ताहरु जुर्मुराएका हुन् । 

कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेकपा नेता एवं प्रत्यायोजन व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले आफ्नो धारणा राख्नुभएको थियो । 

उहाँले चित्लाङ–चन्द्रागिरी–थानकोट सडक सञ्चालनबाट मात्र उत्तरी मकवानपुरको भाग्य र भविश्यको फैसला हुने बताउँदै जसरी पनि सो सडक निर्माण गर्ने प्रतिवद्धता जनाउनुभयो । वर्तमान सरकारले कामको गति पक्रन लागेकाले अहिल्यै एकोहोरो विरोध गर्नुभन्दा आलोचनात्मक सुझाव दिनु उपयुक्त हुने बताउनुभयो । 

अघिल्ला पटकका सरकारले बिगारेका सबै काम यसले सपार्नुपर्ने भएकाले पनि सरकारको ठोस उपलव्धी देखिन समय लागेको उहाँको भनाई थियो । ‘विगतमा भत्किएको, बिग्रीएको, जर्जर भएको सबै कुरा यसले मिलाइराखेको छ, अब काम पटापट सुरु भएका छन्, ठोस उपलव्धी देखिन केही समय लाग्छ ।’–उहाँको भनाई थियो ।

विकाससको काम राज्यको नियमित र स्थायी संयन्त्रले गर्ने भएकाले व्यक्तिले आफुले गरेको भनेर दावी गर्दै हिँड्नु त्यत्ति सुहाउने कुरा नभएको सभापति बिडारीको तर्क थियो । 

अहिले केन्द्रमा सो क्षेत्रको समस्या कम उठ्ने गरेको भन्दै उहाँको गुनासो थियो । ‘यहाँको समस्या उठाउने वाश्तविक प्रतिनिधी भनेको विरोध खतिवडा र कुमारी मोक्तान हो, उहाँहरुले उठाउनुपर्ने जति उठाउनुभएको छैन भने पनि अब उठाउनुहुन्छ । 

म त केवल जन्मका आधारले यो ठाँउसंग जोडिए पनि राष्ट्रिय प्रतिनिधी हुँ ।’– बिडारीको भनाई थियो । उहाँले सरकारले चन्द्रागिरीमा सुरुङ मार्ग बनाउने योजना ल्याएकामा पनि राम्रो भएको र यसलाई शिघ्र सम्पन्न गर्नेतिर सबैको पहल हुनुपर्नेमा जोड दिनुभयो । 

शनिबार बिसिङ्खेल स्थित तरकारी संकलन केन्द्रमा २०७५ सालको दिपावली, नेपाल संवत ११ सय ३९ र छठ पर्वको उपलक्ष्यमा कार्यक्रम आयोजना गरीएको हो । कार्यक्रममा संविधान सभा सदस्य सुभाष ठकुरीले आफ्नो पालामा पहलकदमी लिएर विभिन्न विकास योजना सुरुवात गरेको दावी गरे । 

कार्यक्रममा थाहा नगरपालिकाका मेयर लवशेर विष्ट, संविधानसभा सदस्य सुभाष ठकुरी, वडा अध्यक्ष शशिधर सुबेदी, हिराबहादुर गमाल लगायत सहभागी थिए । 

0 comments

Write Down Your Responses