Powered by Blogger.
लम्कीस्थित किसान बहुउद्देश्यीय सहकारीको साढे सात करोड मुनाफा


कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका १ लम्कीस्थित किसान बहुउद्देश्यीय सहकारी संस्था लि.ले आर्थिक वर्ष ०७४÷७५ मा ७ करोड ३५ लाख रुपैंयाँ मुनाफा आर्जन गरेको छ । 

नेपाल राष्ट्र बैंकबाट सिमित बैंकिङ कारोबार गर्न स्वीकृती प्राप्त गरेको उक्त सहकारीको कैलाली जिल्ला भरीमा २१ वटा शाखाहरु रहेका छन् ।

२०५२ सालमा स्थापना भइ कारोबार सुरु गरेको संस्थाको ८ करोड ४४ लाख ९२ हजार ४ सय शेयर पूूँजि रहेको छ ।  आर्थिक वर्ष ०७४÷७५ मा १ अर्व १५ करोड ९९ लाख ७८ हजार ३ सय १७ रुपैयाँ निपेक्ष संकलन गरेको छ भने विभिन्न शीर्षकमा सदस्यहरुलाई २ अर्ब कर्जा लगानी गरेको किसान बहुउद्देश्यीय सहकारी संस्था लि. लम्की कैलालीका लेखा अधिकृत कुलप्रसाद तिमिल्सेनाले बताए । 

यस आर्थिक वर्षमा १ करोड ४५ लाख २५ हजार ३ सय ४१ रुपैयाँ कर तिरेको उनले बताए । कैलालीको लम्कीमा केन्द्रिय कार्यालय रहेको सहकारीको बैंकिङ र लघुवित्त तर्फ गरि ५० हजार ४ सय २ सदस्य रहेको सहकारीका महाप्रबन्धक डम्बरबहादुर शाहले बताए 

सहकारीले गतवर्षदेखि मोबाइल बैंकिङ र ट्याबलेट बैंकिङ शुरुआत गरेको छ भने सहकारीले आगामी आर्थिक वर्ष्भित्र लघुवित्त तर्फको कारोबार पेपरलेस गर्ने लक्ष्य राखेको छ । 

सहकारीको २१ शाखा र केन्द्रीय कार्यालयमा गरि १ सय ५७ जना कर्मचारीहरु कार्यरत रहेको महाप्रबन्धक शाहले जानकारी दिए । 

आगामी आर्थिक वर्ष सो सहकारीलाई देशकै उत्कृष्ट सहकारी बनाउने लक्ष्य लिइएको संस्थाका अध्यक्ष सुरेन्द्र कुमार शाहले जानकारी दिए । 

उनले सदस्यहरुको विश्वास, कर्मचारीहरुको लगनशिलता र अथक मेहेनतका कारण संस्थाले सफलता प्राप्त गर्दै गईरहेको बताए ।

0 comments

Write Down Your Responses