Powered by Blogger.
पत्रकारहरुको हकहितको लागि लड्ने सिपाई हुँ :जम्कट्टेल

Image result for जम्कट्टेल picमकवानपुर / प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले आफु पत्रकारहरुको हकहितको लागि लड्ने सिपाई भएको बताएका छन् । हेटौडामा आज फ्रिडम फोरमले आयोजना गरेको पत्रकार विरुद्ध हुने अपराधको दण्डहीनता अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवसलाई सम्बोधन गर्दै उनले पत्रकारहरुको श्रमको उचित कदर हुनु पर्ने भन्दै खुलेर आवाज उठाउने गरेको बताए । पत्रकारिता पेसा अत्यन्त संबेदनशील पेशा भएको भन्दै पत्रकारहरु कोहि कसैको आग्रह पुर्वाग्रहबाट नभई यसबाट मुक्त भई समाचार संप्रेशन गर्न आग्रह गरे ।
मन्त्री जम्कट्टेलले ठूला मिडिया हाउसहरुले श्रमजीवि पत्रकारहरुको शोषण गरिरहेको प्रति तपाईहरुको किन कलम चल्दैन भनि प्रश्न समेत गरे । यस विषयलाई पत्रकार स्वयम्ले कलम चलाउन आग्रह गर्दै संचार ऐन प्रदेश सभामा पेश भएकोले संशोधन गर्नुपर्ने विषयमा पुनः छलफल गरि अगाढि बढ्ने बताए ।

कार्यक्रममा पाटन उच्च अदालत वार हेटौडाका अध्यक्ष युवराज ओलीले राज्यले उचित न्यान दिन नसकिरहेको बताए । निर्वाचनको समयमा पत्रकारहरु बढि प्रभावित हुने गरेको बताउदै उहाँले सही र सत्य समाचार सम्प्रेषण गर्नु पत्रकारको धर्म भएको बताए । 

नेपाल पत्रकार महासंघ प्रदेश नं.३ का महासचिव कृष्ण सारु मगरले पत्रकार÷सञ्चारकर्र्मी मारिनुको साथै थुप्रै पत्रकार÷सञ्चारकर्मी घाइते भएका बताउदै यी घटनाहरू कानुनको दायरामा कमै मात्र आएको बताए । नेपालमा पछिल्ला वर्षहरूमा प्रेस स्वतन्त्रता उल्लगनका हजारभन्दा बढी घटना भएको भएता पनि पत्रकारहरुले सन्तोसजनक न्याय नपाईरहेको प्रति चिन्ता व्यक्त गरे । समाचार लेखेर पत्रकारहरु मारिएको र घाइते भएको भन्दा पनि अन्य कारणले मारिएको भन्दै यस तर्फ भने पत्रकारहरु आफै सचेत हुनु पर्ने तर्क राखे । उनले संचार ऐनमा संशोधन गर्नुपर्ने विषयमा आफूहरुले सुझाव समेत दिएका भन्दै अझै छलफल गरि अगाडि बन्नु पर्ने बताए । 
नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष हरि हुँमागाईको सभाध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघका पुर्वअध्यक्षहरु नवराज शर्मा, राममणि दाहाल, पत्रकार महासंघ प्रदेश ३ का सदस्य नानीमैया विष्ट, स्वतन्त्र पत्रकार संघका केन्द्रिय उपाध्यक्ष सुरेश श्रेष्ठ, मिडिया नेपालका अध्यक्ष जिवराज बख्रेल लगायत रहेका थिए । 

पत्रकार तथा मिडियाकर्र्मी विरुद्धहुने अपराधसम्बन्धी दन्डहिनता अन्त्य गर्नका लागि विश्वभर ऐक्यवद्धता जनाउने, जनचेतना जगाउने, पीडित पत्रकारको न्यायको लागि वकालत गर्ने उद्देश्यले यो अन्तर्राष्ट्रिय दिवस बनाउने गरिन्छ ।

0 comments

Write Down Your Responses