Powered by Blogger.
जनप्रतिनिधिको नाताले सबैलाई समान व्यवहार गरेको छु

गुप्तबहादुर कार्की, वडा अध्यक्ष, थाहा नपा–२, मकवानपुर 

वि.सं. २०२१ सालमा जन्मनु भएका गुप्तबहादुर कार्की पिता अम्बरबहादुर कार्की माता सुसुकुमारी कार्कीका सुपुत्र हुनुहुन्छ । सादा जीवन र उच्च विचार भएका कार्की निडर, निर्भिक र हक्की स्वभावका हुनुहुन्छ । 

गाउँस्तरका बाटोघाटो, खानेपानी, शैक्षिकक्षेत्रमा पनि विकास निर्माणका धेरै कामहरु विगतदेखि नै सक्रियताका साथ गर्दै आउनु भएको थियो । शालीन, शिष्ट तथा मिलनसार स्वभाव भएकै कारण आपूmलाई जनताले विश्वास गरेको उहाँ बताउनुहुन्छ । विकासप्रेमी, जुझारु, कर्मठ र भद्र स्वभाव भएका कार्की जनतासँग जहिले पनि नजिक रहन रुचाउनुहुन्छ । 

तत्कालीन स्थानीय चुनावमा थाहा नगरपालिका वडा नम्बर दुईबाट अत्याधिक बहुमतले वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । उनै कार्कीसँग दामन पोष्ट साप्ताहिकका कार्यकारी सम्पादक राम वर्तौलाले गरेको कुराकानीको अंश ः 

० राजनीति जीवनमा कहिलेदेखि प्रवेश गर्नुभयो ?

म राजनीतिक जीवनमा विद्यार्थीकालदेखि नै लागें । त्यसो त २०४३ मा उपप्रधानको उम्मेदवार भएँ, त्यसमा हार बेहोरें । तर पनि सक्रिय रुपमा राजनीति गर्दै २०५४ मा पालुङ वडा नम्बर चारमा वडा अध्यक्षमा निर्वाचित भएँ, हाल पनि निर्वाचित भएको छु ।  तत्कालीन नेकपा एमालेको नगरको सदस्य भएर पनि काम गरें । 

० यस वडाको योजना के–कस्ता छन् ? 

सधैंभरि निरन्तर चलिरहने प्रक्रिया शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विद्युत योजनाहरुको स्तरीकरण गर्ने, कच्ची सडकलाई कालोपत्रे गर्ने तथा पर्यटनको लागि कोटथुम्की, पातलेश्वर गुफा, शंखमुल त्रिवेणी संरक्षणका निर्मित गुरुयोजना तयार गरी त्यसको विकास मजबुत ढंगले गर्ने योजना छ । 

० यस वडामा कृषिको विकास प्रवद्र्धनका लागि कस्तो योजना छ ?

कृषि क्षेत्रमा बेमौसमी खेतीको अवधारणा अघि सार्ने, उन्नत खेती तथा कृषिसँग सम्बन्धित नयाँ किसिमको घुम्तीबाली गर्न कृषकहरुलाई प्रोत्साहित गर्ने, किसानहरुलाई सहुलियत मल बिउबिजन उपलब्ध गराउने, कृषि सम्बन्धी तालिम गोष्ठीको व्यवस्था गर्ने योजना रहेका छन् ।  

० प्राचीन मन्दिरको संरक्षणका लागि कस्ता योजना बनाउनुभएको छ ? 

पाडुकेश्वर मन्दिरलाई सभ्य र भव्य बनाई  वृद्धाश्रम समेत निर्माण गर्ने, ठूलो बगैंचा, पार्क, ध्यानकेन्द्रको निर्माण गरी धार्मिक स्थलको रुपमा विश्वमा चिनाउने योजना छ ।
  
० हालसम्म विकास निर्माणका कामहरु के–के गर्नुभयो ? 

२०४८ सालमा पालुङ आग्रा मोटरबाटो सुरु भयो । सुरुवाती दिनमा जनताहरुको जनश्रमदान गरी बाटोको ट्रयाग खोल्ने काम ग¥यौं । विद्यालय, धार्मिक स्थल, बाटोघाटो पुलपुलेसाहरुको विभिन्न समितिहरुमा रहँदै काम गरियो । विभिन्न सामाजिक संघसंस्थाहरुलाई व्यक्तिगत रुपमा, संस्थागत रुपमा सहयोग गर्दै आइरहेको छु ।

० पार्टीभित्र तपाईंको भूमिका के छ ? 

म जनप्रतिनिधिको रुपमा साझा भएकाले अहिले पार्टीगत कुरा नगरौं । मैले सबैलाई समान ढंगले व्यवहार गर्नुपर्छ । पार्टीभित्र मेरो भूमिका राम्रै छ, त्यही भएर स्थानीय चुनावमा पार्टीले वडा अध्यक्षको भूमिकामा विश्वास गरेको थियो ।




0 comments

Write Down Your Responses