Powered by Blogger.
बृद्धाआश्रमका बृद्धबृद्धालाई सम्मान सहित पछ्यौरा बितरण

हेटौंडा, ७ मङ्सिर । गन्तव्य किशोरी सम्बाद केन्द्र हेटौंडा १६ हटिया मकवानपुरले देउसी भैलोबाट संकलन भएको रकमबाट दिव्य सेवा निकेतन ज्येष्ठ नागरिक आश्रय स्थल हेटौंडा १५ रातोमाटे दमारटोलमा आश्रीत बृद्ध बृद्धालाई पछ्यौरा र बिहानको भोजन गराई सम्मान गरेको छ ।

पुर्व साम्सद तथा निकेतनका प्रमुख सल्लाहकार केदार न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि न्यौपानेले बृद्धबृद्धा समाजका अगुवा हुन् , साथै समाजका ऐना पनि हुन उनीहरुको उचित सेवा र सम्मान गर्नु हाम्रो प्रमुख दायित्व पनि हो ।

जाडो मौसममा न्यानो पछ्यौरा ओडाई न्यानो माया प्रदान गरेकोमा सम्बाद केन्द्रलाई धेरै धेरै धन्यवाद तथा कृतज्ञता व्यक्त गर्नु भएको थियो ।कार्यक्रममा दिव्य सेवा निकेतनका केन्द्रीय अध्यक्ष टि आर निरौला , हेटौंडा १५ का वडा सदस्य कुमारी श्रेष्ठ , चुरे शिखर कृषि सहकारी संस्थाका हेटौंडा १५ का अध्यक्ष राजु दर्लामी श्री जनप्रिय  माध्यमिक विद्यालयका शिक्षक युक्तलाल बिश्वकर्मा लगायतकाले सम्बाद केन्द्रको महत्वपूर्ण कामको प्रशन्सा गर्नु भएको थियो ।

कार्यक्रम सम्बाद केन्द्रकि अध्यक्ष माया थापाको अध्यक्षतामा र सम्बाद केन्द्रकै अगुवा रन्जिता बिश्वकर्माको संचालनमा सम्पन्न भएको थियो ।सम्बाद केन्द्रले आश्रममा आश्रीत २२ जना बृद्धबृद्धालाई न्यानो पछ्यौरा प्रदान गरेको थियो भने बिहानीको भोजन पनि गराएको थियो । कार्यक्रममा सम्बाद केन्द्रका किशोर किशोरीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

0 comments

Write Down Your Responses