Powered by Blogger.
पालुङ बहुउद्धेश्यीय सहकारी संस्थाको सञ्चालक समितिको निर्वाचन ८ मंसिरमा (ककस्ले दिए उमेद्वारी हेर्नुस् )

थाहानगर / पालुङ बहुउद्धेश्यीय सहकारी संस्थाको ८ मंसिरमा हुने सञ्चालक समिति निर्वाचनमा दुई जनाको उमेदवारी परेको छ । निर्वाचनका लागि उमेदवारी दिने मिति आज शुक्रबार तोकिएकोमा तोकिएको समयभित्र पुरुषोत्तम कार्की र विमलकुमार ढकालले अध्यक्ष पदमा उमेदवारी दर्ता गराएका हुन् ।

अध्यक्षका प्रत्यासी कार्की संस्थका पूर्व उपाध्यक्ष हुन् भने ढकाल यस अघि लगातार दुई पटक अध्यक्षको भूमिकामा रहेका व्यक्ति हुन् । सञ्चालक समितिको उपाध्यक्ष पदमा भने १ जनाको मात्र उमेदवारी परेको छ । यसअघि कोषाध्यक्ष रहेका कृष्णबहादुर विष्टले उपाध्यक्ष पदमा उमेदवारी दिएका हुन् । एक जनाको मात्र उमेदवारी परेपछि उपाध्यक्षमा विष्ट निर्विरोध भएका छन् तर निर्वाचन समितिले यसको औपचारिक घोषणा गरिसकेको छैन ।

एक जना सचिबका लागि अरुण रायमाझी र शशिधर सुवेदीले उमेदवारी दर्ता गराएका छन् । त्यस्तै, कोषाध्यक्षमा कविराज खत्री, गुप्तबहादुर कार्की, मधुसूदन रायमाझी र सानुकाजी गोपालीको उमेदवारी परेको छ ।

३ महिलासहित ५ जनाको लागि हुने सदस्य पदमा १५ जनाले उमेदवारी दिएका छन् । ३ महिला सदस्यका लागि ६ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । महिला सदस्यमा उमेदवारी दिनेहरुमा जानुका ढकाल, रजिता ढकाल, अम्बिका लामिछाने, सुमित्रा केसी, आरती श्रेष्ठ र सीता ढकाल रहेका छन् । त्यस्तै २ जना खुल्ला सदस्यका लागि ९ जनाबीच प्रतिष्पर्धा हुने भएको छ । खुल्ला सदस्यतर्फ कुमार नेगी, राजाराम केसी, रामशरण बस्नेत, ज्ञानेश्वर ढकाल, नवराज विष्ट, सुमन कार्की, पुरुषोत्तम ढकाल, सुकेस कर्माचार्य र जर्मलाल श्रेष्ठको उमेदवारी परेको छ ।

लेखा समिति संयोजकमा दुई जनाको उमेदवारी, सदस्य निर्विरोध
पालुङ बहुउद्धेश्यीय सहकारी संस्थाको शनिबार नै हुने लेखा सुपरीवेक्षण समितिको संयोजकमा दुई जनाले उमेदवारी दर्ता गराएका छन् । अच्युत्तमप्रसाद ढकाल र उमेशप्रसाद ढकालले उमेदवारी दर्ता गराएका हुन् ।

लेखा सुपरीवेक्षण समितिका दुई सदस्यहरु भने निर्विरोध भएका छन् । ईच्छापूर्ण कार्की र घनश्याम अमात्य लेखा समिति सदस्यमा निर्विरोध भएका हुन् ।

जनप्रतिनिधि पनि उमेदवार
शनिबार हुने पालुङ बहुउद्धेश्यीय सहकारी संस्थाको सञ्चालक समितिको निर्वाचनमा जन प्रतिनिधिहरु पनि उमेदवार बनेका छन् । सचिब पदमा उमेदवारी दिएका शशिधर सुवेदी थाहा नगरपालिका वडा नं. ६ का वडा  अध्यक्ष हुन् भने कोषाध्यक्ष पदका उमेदवार गुप्तबहादुर कार्की वडा नंं २ का वडा अध्यक्ष हुन् । त्यस्तै, महिला सदस्यका उमेदवार जानुका ढकाल नगर कार्यपालिका सदस्य हुन् ।

एउटै घरका ३ जनाको उमेदवारी
पालुङ बहुउद्धेश्यीय सहकारी संस्थाको आगामी कार्यकालका लागि हुन लागेको निर्वाचनमा एकै घरमा ३ जनाले उमेदवारी दिएका छन् । अध्यक्ष पदका उमेदवार विमलकुमार ढकाल, खुल्ला सदस्य पदका उमेदवार पुरुषोत्तम ढकाल र महिला सदस्य पदका उमेदवार सीता ढकाल एकै घरका हुन् । नाताले खुल्ला सदस्य पदका उमेदवार पुरुषोत्तम ढकाल र महिला सदस्य पदका उमेदवार सीता ढकाल पति–पत्नी हुन् भने बिमलकुमार ढकाल र पुरुषोत्तम ढकाल सहोदर दाजुभाइ हुन् । 

0 comments

Write Down Your Responses