Powered by Blogger.
आयोजक(ए)लाई बिनयबाबु स्मृति मकवानपुर जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधि

थाहा ÷ थाहा नगरपालिकामा संचालित बिनयबाबु स्मृति मकवानपुर जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधि साविक विजेतालाई पछि पार्दै आयोजक बिनयबाबु स्मृति प्रतिष्ठान (ए) ले हाँसिल गरेको छ । थाहा नगरपालिका वडा नं. १ प्रतिनीधि टिमलाई १७–२५, २५–१५, २५–२२, १८– २५ र १५–१२ ले पछि पार्दै प्रतिष्ठानले हात पारेको हो । विजयी भएसंगै प्रतिष्ठान (ए) ले नगद ५१ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र पुरस्कार पाएको छ ।
बिनयबाबु स्मृति प्रतिष्ठान थाहा नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा उप विजेता भएको थाहा नगरपालिका वडा नं. १ प्रतिनीधि टिमले नगद २६ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाएको छ ।

मकवानपुर जिल्लाका १२ टिमको सहभागिता रहेको प्रतियोगितामा आयोजक बिनयबाबु स्मृति प्रतिष्ठान (ए) का बलराम सुवेदी उत्कृष्ट खेलाडी घोषित भए भने विजेता टिमकै उत्कृष्ट ब्लकर उज्वल के.सी., उत्कृष्ट डिफेण्डर कुमार केसी र उत्कृष्ट कोचर युवराज विष्ट घोषित भए । प्रतियोगितामा उत्कृष्ट स्पाइकर थाहा नगरपालिका वडा नं. १ प्रतिनीधि टिमका विशाल गोपाली र उत्कृष्ट सेटरमा राजकुमार कर्माचार्य घोषित भए । उत्कृष्ट विधाका खेलाडीहरुले ट्रफी उपहार पाएका छन् ।

थाहा नगरपालिका खेलकुद विकास उपसमितिका संयोजक राजेश केसीको प्रमुख आतिथ्यमा भएको प्रतियोगिता बिनयबाबु स्मृति प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीको सभाध्यक्षतामा भएको थियो । प्रतियोगितामा इलाका प्रहरी कार्यालय पालुङका प्रमुख ध्रुवप्रसाद सिलवाल, स्माजसेवी अच्युतम प्रसाद ढकाल, थाहा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष गुप्त बहादुर कार्की, वडा नं. १ का वडा अध्यक्ष हेरमान गोपाली तथा स्थानीय संघसंस्था पत्रकारहरुको आतिथ्यता रहेको थियो । प्रतियोगिताका विजयी खेलाडीहरुलाई प्रमुख अतिथि तथा अतिथीहरुले मेडल लगाएर सम्मान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि थाहा नगरपालिका खेलकुद विकास उपसमितिका संयोजक राजेश केसीले जिल्लाकै उत्कृष्ट खेलाडीहरु थाहानगरमै रहेकोमा खुशी व्यक्त गरे । उनले विनयबाबु स्मृति प्रतिष्ठानले खेलकुदलाई जगाउन गतवर्षबाट थालेको प्रतियोगिताको प्रशंसा गरे । आफू खेलकुद प्रेमी पनि भएकोले खेलकुदका लागि आफ्नो तर्फबाट सक्दो सहयोग हुने संयोजक केसीको प्रतिवद्धता रहेको थियो । 

0 comments

Write Down Your Responses