Powered by Blogger.
दामनपोष्ट डटकमका विशेष संवाददाता कालिराज सम्मानित


गोगने(मकवानपुर) ।  दामन पोष्ट डटकम अनलाइनका विशेष संवादता रुपक कालिराज सम्मानीत भएका छन् । थाहा कला केन्द्रद्धारा गोवद्र्धन पुजाको दिन गोगनेमा आयोजित विशेष कार्यक्रममा कालिराजलाई सम्मानित गरिएको हो । 

कालिराजलाई पत्रकारिताको माध्यमबाट समाज रुपान्तरणमा योगदान पु¥याएको भन्दै सम्मान गरिएको हो । 

कला र संस्कृतिको सम्बद्र्धन, प्रवद्र्धन गर्ने मूल उद्देश्यले उत्तरी मकवानपुरमा स्थापना भएको साथै विस्तारै लोकप्रियता जमाउँदै गईरहेको थाहा कला केन्द्रले  कालिराज संगै विभिन्न सामाजिक क्षेत्रमा योगदान पु¥याएको व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।

कला केन्द्रले कैलाश गाउँपालिका वडा नम्बर–६ पकनीमा आयोजना गरेकोे तिहार विशेष वृहत सांस्कृतिक तथा सम्मान कार्यक्रमको अवसर पारि पत्रकारिता तर्फ दामनपोष्ट डटकमका विशेष सम्वाददाता रुपक कालिराजलाई सम्माने गरेको हो । 

कालिराज रेडियो सरोबरका समाचार प्रमुख तथा नेपाल पत्रकार महासंघ मकवानपुरका कार्यसमिति सदस्य समेत हुन् । 

स्तै शिक्षा तर्फ लामो समय देखि शिक्षा जगतमा कार्य गरिरहेका र कैलाशको दुर्गम वडामा मावि संचालन गरि हजारौँ विद्यार्थीको भविश्य उज्वल बनाउन अतुलनिय योगदान गरेको भन्दै कैलाश गाउँपालिका वडा नम्बर ६ अवस्थित रहेको श्री व्यास माविका प्रअ श्यामबहादुर सिन्तानलाई सम्मान गरिएको छ । 



त्यस्तै खेलकुद क्षेत्र तर्फ खेलकुदको माध्यमबाट त्यस क्षेत्रको सम्रग खेलकुद विकास, स्वास्थ्य र जीवन रुपान्तरणका साथै विकासका लागि अतुलनिय योगदान पु¥याउन सफल भएका भन्दै कैलाश गाउँपालिका वडा नम्बर १० म¥याङकोटमा जन्म भएका खेलाडि ओमकुमार लामा र कलाकारिता तर्फ उदायमान कलाकार कैलाश ६ का रमेश रिजाललाई सम्मान गरिएको छ । 

विगतको वर्षहरुमा पनि कला केन्द्रले सामाजिक क्षेत्रमा योगदान पु¥याएका ५ जना व्याक्तिहरुलाई सम्मान गरेको थियो ।  यस विधालाई हरेक बर्ष निरन्तरता दिने केन्द्रका अध्यक्ष सानोबाबु  मोक्तानले बताए ।

कला संस्कृतिको संरक्षण सबैको साझा दायित्व ः लामा 

कैलाश गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष ठुलो कान्छा लामाले कला  संस्कृतिको संरक्षण सबैको साझा दायित्व भएको बताएका छन् । 



नेपालीहरूको दोस्रो ठूलो चाड दीपावलीको अवसरमा थाहा कला केन्द्रको आयोजना र गोगने जागरण मंचको सहआयोजनामा भएको तिहार विशेष वृहत सांस्कृतिक तथा सम्मान कार्यक्रममा बोल्दै लामाले चाडपर्व र सांस्कृतिक उत्सवले नेपालीहरुबीचमा आपसी सद्भाव, भाइचारा र एकता सिर्जना गर्ने बताए ।

कार्यक्रमको प्रमुअ अथिति समेत रहेका उनले परिवर्तनको नाममा पुराना मूल्य, मान्यता र आदर्शलाई कसैले पनि कुल्चन नहुने बताए । कला र संस्कृति संरक्षण गर्न तर्फ कला केन्द्रले अतुलनीय योगदान गरिरहेको उल्खेल गर्दै लुकेका प्रतिभाहरुलाई बाहिर ल्याउनको लागि समेत महत्वपुर्ण भुमिका खेलिरहेको बताए । 

कैलाश गाउँपालिकामा कार्यक्रम गरि सकरात्मक सन्देश फैलाउन सहयोग गरेका भन्दै कला केन्द्रको प्रशंसा समेत गरेका थिए ।  उनले कला केन्द्रलाई सक्दो सहयोग गर्ने समेत बताए । गोगने जागरण मंचका उपाध्यक्ष तिलक आलेमगरको सभाध्यक्षमा कार्यक्रम सम्पन्न भएको थियो ।  

मुत्तीनाथले छमछमी नचाए दर्शकलाई

मकवानपुरको उत्तरीभेगमा रहेको थाहा कला केन्द्र र गोगने जागरण मञ्चको सहआयोजनामा भएको तिहार विशेष वृहत सांस्कृतिक कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ ।

गोगने जागरण मंचका उपाध्यक्ष तिलक आलेमगरको सभाध्यक्षता तथा वडा नम्बर ६ का वडा अध्यक्ष ठुलो कान्छा लामाको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।



कला–संस्कृति देशको पहिचान, यसको संरक्षण हाम्रो अभियान भन्ने मुल नाराका साथ स्थापना भएको थाहा कला केन्द्रले यस वर्ष भने कैलाश गाउँपालिकका युवा क्लवहरुसंग मिलेर कार्यक्रमको आयोजना गरेको थाहा कला केन्द्रका अध्यक्ष सानोवावु मुक्तानले जानकारी दिए । 

विगतको वर्षहरुमा थाहानगर भित्र गर्दै आईरहेको थियौँ,यस बर्ष भने कैलाश गाउँपालिकाका वडा नम्बर ६ पकनीमा गरेको हो । , उनले भने, ‘सामाजिक बिकृति,बिसंगती तथा समाजमा रहेका बिभिन्न समस्याहरुको न्युनिकरण गर्नको लागि चलचित्र मार्फत सन्देश प्रवाह गर्ने उद्धेश्यले नेपाली कथानक चलचित्र कल्चरको निमार्ण गरिरहेको र सोको प्रचारप्रसार समेत गर्न त्यस भेगमा कार्यक्रमको आयोजना गरेको बताए ।  

उनले भने, “ क्ल्चर फिल्म चाँडै नै रिलिज गर्ने तयारी स्वारुप काम भईरहेको छ ।”कार्यक्रम कैलाश एकता समाज, हिमशिखर युवा क्लव,गोगने स्मार्ट युथ क्लव,ग्याङ स्टार युथ क्लव,शिला कन्या युवा क्लव,पञ्चबुद्ध टोल विकास समिति,गोगने जागरण समाज,चन्द्र सुर्य युवा क्लव लगायतको सहयोगमा सम्पन्न भएको सो कार्यक्रमको संयोजक रमेश रिजालले बताए ।   

सो कार्यक्रममा सिला कन्या यातायात प्रालिका संचालक नारायण सिङ लामाले कला केन्द्रले कला संस्कृति जोगाउन अतुलनिय योगदान गरेको भन्दै नगद ५ हजार ५ सय ५५ रुपैयाँको चेक प्रदान गरेका थिए । अन्य अथितिहरुले समेत सहयोग गरेका थिए । 

कार्यक्रममा राष्टिय« तथा स्थानिय कलाकारहरुले समेत वेजोड प्रस्तुती दिएका थिए ।



.....घामपानी घामपानीबाट शुरु गरेका राष्ट्रिय गायक मुक्तिनाथ उप्रेतिले कैलाश ५ र ६ लाई संगीतमय बनाए । ...घामपानीले दर्शकलाई तताउदै स्टेजबाट र्ओलेका उप्रेतिले .......ए काली झ्याइ पारौँ यसपाली भन्दै गाए पछि सबै दर्शकहरुलाई तताए । यो गीत गाएर उनले युवाहरुलाई हौसाए पनि । 

चर्चित गीतहरु ....विश्वास घात,“सारै राम्री रुपकी धनी त्यहि रुपमा लठिए मै पनि” र पुरानो लोक भाका टिस्टुङ पालुङ गाउँ जस्ता गीतहरु गाउँदै सबै दर्शकलाई छमछमी नचाए । त्यस्तै भकारी एल्बमबाट गाउन शुरु गरेका अर्का लोक दोहोरी गायक राजु विरहीले उनका चर्चित गीतहरु गाउँदै सबै एकै ठाउँमा जम्मा गराएर छझछमी नचाउन सफल भए । 

रजनी लामाले ...दँशै तिहार रमाइलो लगायत गीतहरु गाएका थिईन् । नेपाल आईडलका लोकप्रिय गायक दिपराज केसीले विभिन्न चर्चित आधुनिक गीत गाउदै विभिन्न नेता देखि हास्य कलाकारहरुको क्यारिकेचर गर्दै धेरैलाई हँसाए । सोहि क्षेत्रमा जन्म भएकी गायिक प्रतिमा अर्यालको समेत दर्शकलाई नचाईन् । 



त्यस्तै स्थानीय रुपमा चर्चामा रहेका गायक अनिल लामा, राजकुमार लामा लगायतले गाए र दर्शकलाई नचाए पनि । कार्यक्रममा सुनौलो विहानी युवा क्लव टिस्टुङका कलाकारहरुले समेत विभिन्न गीतमा नृत्य प्रस्तुत गरेका थिए । 

0 comments

Write Down Your Responses