कैलाश ६ मा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न

गोगने जागरण मंचका उपाध्यक्ष तिलक आलेमगरको सभाध्यक्षता तथा वडा नम्बर ६ का वडा अध्यक्ष ठुलो कान्छा लामाको प्रमखु आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कला–संस्कृति देशको पहिचान, यसको संरक्षण हाम्रो अभियान भन्ने मुल नाराका साथ स्थापना भएको थाहा कला केन्द्रले यस वर्ष भने कैलाश गाउँपालिकका युवा क्लवहरुसंग मिलेर कार्यक्रमको आयोजना गरेको थाहा कला केन्द्रका अध्यक्ष सानोवावु मुक्तानले जानकारी दिए ।

विगतको वर्षहरुमा थाहानगर भित्र गर्दै आईरहेको थियौँ,यस बर्ष भने कैलाश गाउँपालिकाका वडा नम्बर ६ पकनीमा गरेको हो । , उनले भने,सामाजिक बिक्रिति,बिसंगती तथा समाजमा रहेका बिभिन्न समस्याहरुको न्युनिकरण गर्नको लागि चलचित्र मार्फत सन्देश प्रवाह गर्ने उद्धेश्यले नेपाली कथानक चलचित्र कल्चरको निमार्ण गरिरहेको र सो को प्रचारप्रसार समेत गर्न त्यस भेगमा कार्यक्रमको आयोजना गरेको बताए ।
उनले भने, “ क्ल्चर फिल्म चाँडै नै रिलिज गर्ने तयारी स्वारुप काम भईरहेको छ ।”कार्यक्रम कैलाश एकता समाज,हिमशिखर युवा क्लव,गोगने स्मार्ट युथ क्लव,ग्याङ स्टार युथ क्लव,शिला कन्या युवा क्लव,पञ्चबुद्ध टोल विकास समिति,गोगने जागरण समाज,चन्द्र सुर्य युवा क्लव लगायतको सहयोगमा सम्पन्न भएको सो कार्यक्रमको संयोजक रमेश रिजालले बताए ।

सो कार्यक्रममा सिला कन्या यातायात प्रालिका संचालक नारायण सिङ लामाले कला केन्द्रले कला संस्कृति जोगाउन अतुलनिय योगदान गरेको भन्दै नगद ५ हजार ५ सय ५५ रुपैयाँको चेक प्रदान गरेका थिए । अन्य अथितिहरुले समेत सहयोग गरेका थिए ।
कार्यक्रममा राष्ट्रि तथा स्थानिय कलाकारहरुले समेत वेजोठ प्रस्तुती दिएका थिए ।
.....घामपानी घामपानीबाट शुरु गरेका राष्ट्रिय गायक मुक्तिनाथ उप्रेतिले कैलाश ५ र ६ लाई संगीतिकमय बनाए ।

रजनी लामाले ...दँशै तिहार रमाइलो लगायत गीतहरु गाएका थिईन् ।

त्यत्तै स्थानीय रुपमा चर्चामा रहेका गायक अनिल लामा, राजकुमार लामा लगायतले गाए र दर्शकलाई नचाए पनि । कार्यक्रममा सुनौलो विहानी युवा क्लव टिस्टुङका कलाकारहरुले समेत विभिन्न गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

0 comments
Write Down Your Responses