Powered by Blogger.
पूर्वी मकवानपुरको राईगाउँमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम

बर्तमान सरकारले नै देश समृद्ध बनाउँछः दाहाल
बाग्मती,२१ कात्तिक÷प्रतिनिधिसभा मकवानपुर १ का सांसद कृष्ण दाहालले बर्तमान सरकारले गर्न नेसकेको काम अरु कोहीबाट पनि आस गर्न नसकिने बताउनुभएको छ । पूर्वी मकवानपुरको राईगाउँ ३ गठनमा शुभदिपावली २०७५ को अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ३ नम्बर वडा समितिले आयोजना गरेको शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उहाँले बर्तमान सरकारले नै देशलाई समृद्ध बनाउने बताउनुभएको हो ।
सरकार देश विकासको स्पष्ट योजना सहित अघि बढेकाले परिणाम देखिन केही समय कुर्नुपर्ने उहाँको भनाई छ । कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य रामचन्द्र राईले पूर्वी मकवानपुरमा विकासको लहर छाएको बताउनुभयो । पक्की सडक निर्माण लगाएत अन्य पुर्वाधारको तिब्र विकासका कारण अब बाग्मीत गाउँपालिका नगरपालिकामा प्रवेश गर्ने दिशमा अघि बढेको उहाँले बताउनुभयो ।
तीन नम्बर प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामीले फुटवल खेलमा थप गरेको समयमा गोल गरेपनि जित हुने भन्दै बर्तमान सरकारले पाँच वर्षभित्रमा जनतासँग गरेको सबै बाचा पुरा गर्ने बताउनुभयो । बाग्मती गाउँपालिकाका अध्यक्ष सर्केस घलानले गाउँपालिकाले सबै गाउँ जोड्नेगरी सडक निर्माण, खानेपानी र शिक्षालाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो ।
ती नम्बर वडा अध्यक्ष बाबुलाल पाख्रिनको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा मकवानपुरका नेता कमान सिं पाख्रिन, पद्मा पौडेल, नेपाल पत्रकार महासंघ प्रदेश तीनका महासचिव कृष्ण सारु मगर, नेकपा काठमाण्डौका नेता छिरिङ पाख्रिन लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
फोटोः शुभकामना आदनप्रदान कार्यक्रमा सहभागि अतिथिहरु ।

0 comments

Write Down Your Responses