Powered by Blogger.
आत्महत्या न्युनीकरण गर्न थाहा कला केन्द्रले बनायो चलचित्र ....कल्चर"

हेटौंडा / आज भोलि आत्महत्याका समाचारहरु प्रायः आउ“छन् । यति सुन्दर जीवनलाई आखिर किन त्यसै खेर फाल्छन् मानिसहरु ? पक्कै पनि केहीकाहीं गडबड छ, नमिलेको छ । खोज पक्कै पनि जरुरी छ यसको । मनोविज्ञहरुको भनाइअनुसार जीवनमा आत्महत्या गर्ने सोच धेरैले गरेका हुन्छन् । किन बढ्दैछ यस्तो घटना दिन प्रतिदिन ? विद्यालयमा पढ्ने नौं वर्षीया बालिकादेखि युवा, युवती, वयस्क र वृद्धहरुले समेत ज्यान गुमाएका छन्, आफैं, आफ्नो । 
नेपालमा प्रत्येक दुई घण्टामा एक जनाले आत्महत्या गर्ने गरेको तथ्य फेला परेको छ । प्रहरीको अभिलेखअनुसार पछिल्लो एक वर्षमा मात्र ३ हजार ९ सय ७७ जनाले आत्महत्या गरेका छन् । प्रहरीको तथ्यांकअनुसार प्रत्येक वर्ष आत्महत्या गर्नेको संख्या बढिरहेको छ । मनोवैज्ञानिक भन्छन्– कुनै पनि मानिसले जीवनमा कुनै न कुनै बेला आत्महत्याको सोच राखेको हुन्छ । मानव मस्तिष्कमा चौबीसै घण्टा राम्रा विचारमात्र सिर्जना हु“दैनन् । कतिपय बेला उसको मस्तिष्कमा आफ्नो जीवनको हरेक क्षणलाई समेट्न नसकी मृत्युलाई नै उसले मुख्य बाटो अपनाउन खोज्छ, त्यस्तो सोच उसमा आउ“छ । 

आत्मबल कम हुने व्यक्तिमा त्यस्तो सोचाइ उत्पन्न हुनासाथ तुरुन्त आत्महत्या गर्नेतर्फ उन्मुख हुने मनोवैज्ञानिकको धारणा छ । आत्महत्याको सोचाइ गरिरहेको बेला साथीभाइ अथवा अन्य मानिसको भेटवार्ताबाट पनि समय गुजार्न सक्यो भने त्यो मानिस आत्महत्याबाट बच्नसक्छ भन्ने भनाइ पनि सवल रहेको वैज्ञानिक उल्लेख गर्छन् । यसरी आत्महत्याको क्रम बढिरह“दा एउटा प्रश्न स“धै अधुरो रहने गर्दछ– आखिर किन गर्दछन् मानिस आत्महत्या । 
यही विषयलाई आत्मसात् गर्दै मकवानपुरमा आत्महत्याको विषयमा सचेत रहने सन्देशमूलक चलचित्र निर्माण भएको छ । लाबा मिडिया प्रालिको ब्यानरमा थाहा कलाकेन्द्रको प्रस्तुति रहेको नेपाली कथानक चलचित्र ‘कल्चर’ को शुक्रबार प्रोमो रिलिज भएको हो । हेटौंडामा न्युज क्लब नेपालमा चलचित्रको प्रोमो रिलिज भएको हो । कार्यक्रममा चलचित्र लेखक÷निर्देशक सानुबाबु मोक्तानले आत्महत्याको विषयमा चलचित्र निर्माण गरिएको बताए । 
हाल नेपालमा युवादेखि बृद्धसम्मले आत्महत्या गर्ने गरेको प्रसंग, आत्महत्याका कारणलाई चलचित्रलाई खोतल्ने प्रयत्न गरिएको निर्देशक मोक्तानको भनाइ छ । चलचित्रले आत्महत्यापछि परिवारमा पर्ने तनाव तथा आत्महत्यासम्मको अबस्थाका विषयमा चलचित्रले मार्मिकढंगबाट ब्याख्या गरेको बताए । आत्महत्या गर्ने सोचमा पुगेकाहरुले चलचित्र हेरेपछि आत्महत्या नगर्ने उनले ठोकुवा गरे । उनले भने–हामीले चलचित्रलाई परिवर्तित मनको सम्वाहक भनेका छौं । उनले चलचित्र निकै राम्रो बनेको दाबी गरे । २१ लाख लागतमा निर्माण भएको चलचित्र मकवानपुरको थाहानगर–२ को भाङ्खोरिया (कोटथुम्की), दामन, पालुङ तथा हेटौंडामा छायांकन गरिएको निर्देशक मोक्तानले बताए । २ घण्टा १५ मिनेटको चलचित्रले आत्महत्या न्यूनीकरणको सन्देशस“गै मनोरञ्जन प्रदान गर्ने निर्देशक मोक्तानले बताए । प्रालि अध्यक्ष तथा चलचित्रका कलाकार शुभराज भोम्जनले चलचित्र सन्देश र मनोरञ्जनको सम्मिश्रण भएको बताएका छन् । 

चलचित्रमा सर्वनाम थिएटरकी कलकार मीना पूर्णिमा खड्का, बिना मुक्तान, विनित रायमाझी, दीपराज खत्री, रुपक कालीराज, शुभराज भोम्जन र रवि जिम्बा, मुना लामा, शान्ति घले, शान्ति सिन्तान, मनोज तितुङ, शार्मिला स्यांतान, उर्मिला स्यांतानलगायतको अभिनय छ । चलचित्रमा अजय वाइबाको सम्पादन, थाहा कलाकेन्द्रको नृत्य, दीपराज गिरी र मुक्तिनाथ उप्रेतीको संगीत छ । चलचित्रमा रीता मगरले कार्यकारी निर्देशकको भूमिका निर्वाह गरेकी छन् । 

श्याम गौतमको छायांकन रहेको चलचित्रमा सञ्जय मण्डलको ब्याकग्राउण्ड स्कोर रहेको छ । चलचित्रलाई एजे टिमले सम्पादन गरेको हो । चलचित्रको मंसिर १५ गते थाहानगरमा प्रिमियर गरिने चलचित्र युनिटको भनाइ छ ।

0 comments

Write Down Your Responses