Powered by Blogger.
एक हप्तादेखि थाहा–६ का राजेश हराउँदा परिवारमा तनाव


काठमाडौं । गत बिहीबारदेखि काठमाडौं सतुङ्गलबाट थाहा नगरपालिका वडा नं ६, टिस्टुङ शिखरखेलका राजेश अधिकारी बेपत्ता भएका छन् । 

एक हप्तादेखि उनी ‘अत्तो न पत्तो’संग बेपत्ता भएकाले परिवारमा मानसिक तनाव बढेको उनकी श्रीमती मनुका अधिकारीले जानकारी दिइन् ।

काठमाडौंमा मजदुरी काम गर्दै श्रीमती र दुई सन्तानका साथ सतुङ्गलमा डेरा लिएर बस्दै आएका उनी गत बिहीबार आफ्नै बहिनीका साथ टिका लगाउनका लागि घर जाने तयारीमा  थिए । 

बसको टिकट लिइसकेको भन्दै परिवारसंग विदा लिएर बहिनीका साथ टिस्टुङ जाने सुरुले हिँडेका उनी बहिनीलाई एक्लै पठाएर अन्यत्र लागेका थिए । 

बहिनीलाई ‘जरुरी काम परेकाले म टिकाको दिनसम्म जसरी पनि आइपुग्छु, तिमी जाँदै गर्नु’ भनेर  हिँडेका उनी सम्पर्कमा नआएको र उनले सञ्चालन गर्दै आएको ९८०८३४५९०८ नम्बरको मोवाइल समेत त्यसयता अफ गरिएको उनकी श्रीमतीले बताइन् । 

त्यसरी हिँडेका उनी कहाँ गए, के गर्दैछन्, कस्तो अवस्थामा छन् भन्नेबारे आफुलाई कुनै जानकारी नआएको र आफुले चिनेजानेको ठाँउभरी खोजतलास गरीसकेको उनकी श्रीमती मनिकाको भनाई छ । 

त्यसरी हिँडेका उनी घरमा टिका लगाउन  पनि नपुगेको र डेरामा समेत कुनै जानकारी नदिएकाले परिवारमा तनाव बढेको बताइएको छ । 

१३ वर्षको छोरी र १० वर्षका छोरा गरी दुई सन्तान समेत रहेका उनी कुनै कमजोरीका कारण सम्पर्कमा आउन अफ्ठ्यारो लागेको भएपनि कुनै अफ्ठ्यारो नमानी सम्पर्कमा आइदिन उनको श्रीमतीले दामनपोष्ट मार्फत अपिल गरेकी छिन् । 



0 comments

Write Down Your Responses