Powered by Blogger.
ज्येष्ठ नागरिकलाई कठिनाई छ : मुख्यमन्त्री पौडेल

Image may contain: 1 person, outdoorहेटौंडा, ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले ज्येष्ठ नागरीकले कठीनाई भोगेको भन्दै दुःख व्यक्त गर्नुभएको छ । अहिले सन्तानहरु धेरै पैसाको पछि लागेर आमाबाबु बृद्धाश्रममा बस्नुपरेको उहाँको भनाई थियो ।
हेटौंडामा रहेको ओम बृद्धाश्रमको १२ औं साधारण सभाको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले मुलुकमा ४० लाख भन्दा वढी ज्यष्ठ नागरिक रहेको भन्दै उनीहरुको हरेक तवरले उचित व्यवस्थापन गर्नुपर्ने जरुरी रहेकोमा जोड दिनुभयो । आश्रम खोल्ने भन्दा पनि ज्येष्ठ नागरिकप्रति सबै सन्तानहरुलाई जिम्मेवार बनाउनुपर्ने उहाँको सुझाव थियो । यसको बारे सचेतना जगाएको भएपनि आश्रममा बस्ने ज्येष्ठ नागरिकको संख्या बढ्दै गएको भन्दै यस तर्फ सबैको ध्यान जान जरुरी रहेको सुनाउनुभयो । ज्येष्ठ नागरिकको सुरक्षाका लागि सरकारले १० प्रतिशत वावुआमाको खातामा जम्मा गर्नुपर्ने बाध्यात्मक व्यवस्था गर्न लागेको पनि जानकारी दिनुभयो ।
जेष्ठ नागरिकको सम्मानका लागि ऐन पास हुने बित्तिकै सो व्यवस्था लागु हुने बताउनुभयो । हरेक जिल्लामा एउटा राम्रो वृद्वाश्रम वनाउने भन्दै मकवानपुरमा पनि निर्माण हुने उहाँले विश्वास दिलाउनुभयो । ओम बृद्धाश्रमका लागि १५ लाख बजेट छुट्टाएको मुख्यमन्त्री पौडेलले जानकारी दिनु भयो । जनताको मन जिते सहयोग प्राप्त हुने भन्दै राम्रो काम गर्न आग्रह आश्रमलाई आग्रह पनि गर्नुभयो । आश्रममा पारिवारीक वातावरण वनाए ज्येष्ठ नागरिक खुशी हुने धारणा उहाँको थियो । आश्रमहरु बढाउनु भन्दा भएका बिभिन्न आश्रय स्थललाई थप सुविधा सहित बिस्तार गर्नु पर्नेमा उहाँको जोड थियो । यहि सरकारले बृद्धभत्ता ५ हजार पु¥याउने बताउनुभएको छ । वृद्ध भत्ता नबढाईने निराधार हल्ला चलेको भन्दै समयानुकुल मिलाएर यहि सरकारले बृद्ध भत्ता ५ हजार पु¥याउने पनि जानकारी दिनुभयो ।

0 comments

Write Down Your Responses