Powered by Blogger.
लायन्स र लियोको निःशूल्क मधुमेह परामर्श तथा सुगर जाँचको परिक्षण

Image may contain: 6 people, including Gauri Chimariya, people smiling, people sitting and childरुपक कालिराज
मकवानपुर ÷ विश्व मधुमेह दिवसको अवसर पारेर मकवानपुरमा रहेको अल लियो र लायन्स क्लवहरुले आज निःशूल्क मधुमेह परामर्श तथा सुगर जाँचको परिक्षण गरेको छ ।
सो निशुल्क परिक्षण कार्यक्रममा लायन्स क्लव अफ इन्टरनेशनल ३२५ बी टु नेपालको सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर शम्भु नकर्मीको प्रमुख आतिथ्यता तथा हेटौडा १ नम्बर वडाका वडा अध्यक्ष सविन न्यौपानेको विशिष्ट आतिथ्यतामा भएको हो ।
कार्यक्रममा वोल्दै प्रमुख अथिति समेत रहेको नकर्मीले नेपालमा मधुमेह रोगीको संख्या बर्षेनी बढ्दो अवस्था रहेको भन्दै यस वर्षलाई मधुमेय रोग नियन्त्रण गर्ने बर्ष बनाउन लागिरहेको बताए ।

हेटौडा वडा नम्बर १ का वडा अध्यक्ष सविन न्यौपानेले मधुमेह निकै संवेदनशील रोग भएको भन्दै यस रोगबाट बच्नको लागि आफै समेत हुनुपर्ने बताए ।
चुरेहिल अस्पतालका फिजिसियन डा। नवराज लामिछानले मधुमेह सरुवा रोग नभएतापनि यसलाई पारिवारिक रोग भन्दा फरक नपर्ने बताउदै परिवारको एक जना सदस्यलाई मात्र पनि मधुमेह भएमा सम्पूर्ण परिवारलाई नै असर गर्ने बताए । आहार बिहार र ब्यायममा ध्यान दिन सके यसबाट बच्न सकिने उनले भनाई रहेको थियो । सवैले आफ्नो जीवनशैलीमा परिवर्तन ल्याउनु पर्ने डाक्टर लामिछाने सुझाव छ ।
 क्यालोरी वढी भएको खानेकुराहरु जस्तैः अन्न, चिल्लोयुक्त खानेकुराहरु, चिनी र ग्लुकोजजन्य खानेकुराहरु, मैदावाट वन्ने चिजहरु आदीमा कमी गर्न समेत आग्रह गरे । रेसादार खानेकुराहरु जस्तै सागसब्जी, सलाद, फलफुल आदिको मात्रा वढाउन, रातो मासुको खपतमा कमी ल्याउनु सबैमा सुझाव दिए ।
मकवानुरमा रहेको अल लायन्स तथा लियो ३२५ बि २ हेटौडा मकवानपुरको आयोजनामा तथा चुरेहिल अस्पतालको प्राविधिक सहयोगमा भएको कार्यक्रममा १ सय जनाको रगत परिक्षण गरिएको थियो । परिक्षण गरिएका मध्ये २० जनामा मधुमेह पाईएको छ । शिविरमा गरिएको जाँचका आधारमा पुरुषहरूमा नै सुगरको समस्या देखिएकोछ । कार्यक्रममा चेरेहिल अस्पतालका फिजिसियन डा नवराज लामिछाने लगायतले परामर्श दिएका थिए ।
Image may contain: 12 people, people smiling, outdoor
मधुमेह लाग्नबाट वच्न सकिने हुनाले यो कुराको चेतना सवैतिर फैलाउन जरुरी रहेका कारण यस कार्यक्रमको आयोजना गरेको कार्यक्रमकी संयोजक गौरीदेवि चिमरीयाले बताईन् । उनले भनिन्,“मानव स्वास्थ्यसँग जोडिएका कुनै पनि दिवसमा यस्ता कार्यक्रम गर्दै सोही अनुसारको निःशुल्क सेवा प्रदान गर्दै आइरहेको छौँ ।”

Image may contain: 3 people, including Shambhu Nakarmi and Gauri Chimariya, people sitting
यसै अवसरमा ¥याली समेत भएको थियो । हेटौडाको रोडहाउसबाट शुर भएको ¥याली बलराम प्रेट्रोल पम्प ,सिमा चोक हुदैँ बुद्धचोक गएर कोणसभामा परिणत भएको थियो । सो ¥यालीमा सहभागिहरुले विभिन्न जनचेतना फैलाउने प्लेकार्डहरु समेत बोकेका थिए ।Image may contain: 13 people, people smiling, people standing and outdoor
विश्वका मानिसहरुमा मधुमेह सम्वन्धी चेतना अभिवृद्धि गरी स्वस्थ जीवनयापन गर्न अभिप्रेरित गर्ने उदेश्यले यो दिवस मनाइने गरिन्छ । यस वर्षको नारा परिवार र मधुमेह रहेको छ ।

Image may contain: 7 people, including Gauri Chimariya, people smiling

Image may contain: 17 people, including Anil Adhikari, people smiling, people standing

0 comments

Write Down Your Responses