एम्बुलेन्स संचालनको लागि सहयोग जुट्दै


आज९शुक्रबार० साँझ सम्म ६ लाख ९५ हजार ७ सय २० रुपैया संकलन भैसकेको छ, बेलुकासम्म सात लाख क्रस हुने सम्भावना छ ,’ एम्बुलेन्स सेवा संचालनका लागि आर्थिक अभियानका संयोजक सुरेन्द्रमान प्रधानले भने ।
‘तिहारको अवसरमा देउसी भैलो खेल्ने बेला ओखरबजारका युवाहरु भने देउसीभैलो नभनी गाउँमा एम्बुलेन्स सञ्चालन गर्न आर्थिक संकलन अभियानमा जुटेका थिए । ‘यो देउसीभैलो होइन, हामीसँग देउसीभैलोको ब्यानर पनि छैन, दाताहरुबाट रकम संकलन गर्छौं र एम्बुलेन्स चलाउँछौं,’ संयोजक प्रधानले भने । विशेषतः ओखरबजारका बासिन्दालाई निःशुल्क र अन्यलाई शुलभ ढंगले एम्बुलेन्स सेवा सञ्चालन गर्ने गरी अभियान संचालन गरिएको उनले बताए ।

भाइटिकाको दिन दिनभर एम्बुलेन्स सञ्चालनार्थ आर्थिक संकलन अभियानमा खटिएका युवाहरु शनिबार पनि अभियानमै व्यस्त रहने अभियानका एक सदस्य जर्म श्रेष्ठले बताए । एकै दिन यति ठूलो रकम उठेकोमा गर्व गर्दै उनले अगाडि भने, ‘केही दिनभित्रै हामी २० लाख रुपैया संकलन गर्छौं, घरधुरीका हिसावले पनि उठाउँछौं, बाहिर९विदेश० पनि कोअर्डिनेशन भइरहेको छ ।’
आर्थिक अभियानसँगै एम्बुलेन्स खरिद र सेवा सञ्चालनका लागि तुरुन्त प्रक्रिया अघि बढाइने संयोजक सुरेन्द्रमान प्रधानले बताए

0 comments
Write Down Your Responses