Powered by Blogger.
एम्बुलेन्स सञ्चालनका लागि ९ लाख ७१ हजार रुपियाँ सहयोग संकलन

Image may contain: 3 people, including Jarma Shrestha and Kabiraj Khatri Tncci, people smiling, people standingथाहा / उत्तरी मकवानपुरको थाहा नगरपालिकास्थित ओखरबजारका युवाहरुले थालेको निशुल्क एबुलेन्स सञ्चालन अभियानमा आर्थिक सहयोग जुट्न थालेको छ ।
आज सआज सम्म ९ लाख ७१ हजार २ सय ३४ रुपैँयाँ संकलन भएको आर्थिक अभियानका संयोजक सुरेन्द्रमान प्रधानले बताए ।  विभिन्न संस्था र व्यक्तिबाट उक्त रकम सहयोग जुटिरहेको बताए ।

नेपाल सम्वत् ११३९ को शुभारम्भ र म्हः पूजाको दिन विहीबार गाउँमा एम्बुलेन्स सञ्चालनको योजना बनाएका ओखरबजारका युवाहरुले छलफलकै क्रममा २ लाख संकलन गरेका थिए भने भाइटिकाकोे दिन थप पाँच लाख रुपैया संकलन गरी ७ लाख रुपैया पु¥याएका थिए ।

दाताहरुबाट रकम संकलन गर्छौं र एम्बुलेन्स चलाउँछौं,’ संयोजक प्रधानले भने । विशेषतः ओखरबजारका बासिन्दालाई निःशुल्क र अन्यलाई शुलभ ढंगले एम्बुलेन्स सेवा सञ्चालन गर्ने गरी अभियान संचालन गरिएको उनले बताए ।

0 comments

Write Down Your Responses