Powered by Blogger.
कला संस्कृतिको संरक्षण सबैको साझा दायित्व हो : ठुलो कान्छा लामा

कैलाश गाउँपालिका / कैलाश गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष ठुलो कान्छा लामाले कला  संस्कृतिको संरक्षण सबैको साझा दायित्व भएको बताएका छन् । नेपालीहरूको दोस्रो ठूलो चाड दीपावलीको अवसरमा थाहा कला केन्द्रको आयोजना र गोगने जागरण मंचको सहआयोजनामा तिहार विशेष वृहत सांस्कृतिक तथा सम्मान कार्यक्रममा वोल्दै लामाले चाडपर्व र सांस्कृतिक उत्सवले नेपालीहरुबीचमा आपसी सद्भाव, भाइचारा र एकता सिर्जना गर्ने बताए ।
 कार्यक्रमको प्रखुअ अथिति समेत रहेका उनले परिवर्तनको नाममा पुराना मूल्य, मान्यता र आदर्शलाई कसैले पनि कुल्चन नहुने बताए । कला र संस्कृति संरक्षण गर्न तर्फ कला केन्द्रले अतुलनीय योगदान गईरहेको उल्खेल गर्दै लुकेका प्रतिभाहरुलाई बाहिर ल्याउनको लागि समेत महत्वपुर्ण भुमिका खेलिरहेको बताए ।
कैलाश गाउँपालिकामा कार्यक्रम गरि सकरात्मक सन्देश फैलाउन सहयोग गरेका भन्दै कला केन्द्रको प्रशंसा समेत गरेका थिए ।  उनले कला केन्द्रलाई सक्दो सहयोग गर्ने समेत बताए ।
गोगने जागरण मंचका उपाध्यक्ष तिलक आलेमगरको सभाध्यक्षमा कार्यक्रम सम्पन्न भएको थियो । 

0 comments

Write Down Your Responses