Powered by Blogger.
चितवानमा ३ दिने राष्ट्रिय युवा सम्मेलन शुरु

Image may contain: 6 peopleचितवान /  नेपाल राष्ट्रिय मण्डली संगती केन्द्रिय युवा समितिको आयोजनामा ३ दिने राष्ट्रिय युवा सम्मेलन मंगलबारबाट चितवनको भरतपुरमा शुरु भईरहेको छ । लामो समय पछि भएको ऐँतिहासिक सम्मेलन युवा समितिका अध्यक्ष लाजरस तामाङको अध्यक्षता तथा एन.सि.एफ.नेपालका अध्यक्ष रेभ पा. सुर्य बहादुर बल
(हनोक तामाङ) को प्रमुख आतिथ्यतामा भएको हो ।

प्रमुख अथिति समेत रहेका तामाङले युवा शक्तिलाई सही समय र सही ठाउँमा सही तरिकाले सहि शिक्षा दिनु पर्ने वेला आएकोे बताए । मण्डलीका युवाहरु जागृतिको अवाश्यक रहेको भन्दै छरिएर रहेका युवाहरु अब एक भएर अगाडि बढ्नु पर्ने बताए । 
Image may contain: 1 person, standing
३ दिन सम्म संचालन हुने युवा सम्मेलनमा मुख्य विषय “ kingdom minded youth ” रहेको छ । नेपालको सातवटै प्रदेशबाट करिब ३५० जना युवाहरूको उपस्थिति रहेको थियो । तीन दिनको सम्मेलनमा ईश्वरीय प्रभावको बारेमा सिक्नुका साथै युवाहरूले विभिन्न प्रतिभाहरू समेत प्रस्तुत गर्ने हाम्रा सहकर्मी विरुरत्न दोङले बताए ।

सो कार्यक्रममा विशिष्ट अतिथि एन. सि. एफ. नेपालका सचिव तथा सुन्दर नेपाल सरसफाई अभियानका राष्ट्रिय निर्देशक पाष्टर बिर बहादुर तामाङ, महासचिव द्वय शेर. एसि. कन्द्रिय युवा समितिको सदस्यहरु र सातै प्रदेशका युवाहरुको बाग्लो सहभागिता रहेको थियो ।

0 comments

Write Down Your Responses