Powered by Blogger.
राक्सिराङमा मेलमिलप कर्ता उत्पादन गर्न तालिम सञ्चालन

राक्सिराङ ४ मंसि /  पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिकामा मेलमिलापकर्ता उत्पादनको लागि तालिम सुरु भएको छ । गाउँपालिकाले गाउँघरमै न्यायको पहुँच बिस्तारको लागि मेलमिलाप सम्बन्धी आधारभुत तालिम सञ्चालन गरेको हो ।
मंगलबारबाट गाउँपालिका कार्यालयमा सुरु भएको एक हप्ते तालिममा प्रत्येक वडाबाट तीन जना सहभागि रहेको प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले बताउनुभयो । गाउँघरमा हुने सामान्य बिवाद पनि प्रहरी र अदालतमा पुग्दा स्थानीय जनताले धेरै दुख पाएकाले तालिम आयोजना गरिएको उहाँले बताउनुभयो ।
सेलर्डले सहजिकरण गरिरहेको तालिममा अधिवक्ता मनप्रसाद भट्टराई,जगन्नाथ सुवेदी र पवन अधिकारीले सहजिकरण गरिररहेका छन् । तालिमको उद्घाटन कार्यक्रमा बोल्दै गाउँपालिका अध्यक्ष राजकुमार मल्लले न्यायमा पुहँच बृद्धिको लागि गाउँपालिको मेलमिलापकर्ता उत्पादन गर्न तालिम आयोजना गरेको बताउनुभयो । ‘अब मेलमिलापकर्ताले सामान्य बिवाद गाउँमै मिलाउँछन्,नसकेको गाउँ न्याय समितिमा आउँछ र यहाँबाट पनि समाधान नभएका कुराहरु मात्र प्रहरी र अदालतमा जान्छ’,उनले भने । उद्घाटन कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष निर्मला हिमडुङ,प्रमुख प्रशासकीय अधिकृत पुडासैनी,नेपाल पत्रकार महासंघ प्रदेश ३ का महासचिव कृष्ण सारु मगर लगायतकको उपस्थिती रहेको थियो ।

0 comments

Write Down Your Responses