Powered by Blogger.
हास्य कलाकार गिरीद्धारा करिअर प्वाइन्ट एजुकेसनको उद्घाटन


काठमाडौं । हास्य कलाकार दिपकराज गिरीद्वरा करिअर प्वाइन्ट एजुकेसन कन्सल्टेन्सी सर्भिसको विधिवत उदघाटन गरे । 

पुतलीसडक पद्मोदय मोडस्थीत करिअर प्वाइन्ट एजुकेसनको शुक्रबार विधिवत उद्घाटन गरिएको हो ।

कार्यक्रममा बोल्दै कलाकार गिरीले २०४६ सालपछि शिक्षा र संचार क्षेत्रले धेरै फड्को मारेको बताए । स्कुल लेवल पुरा गरेपछि कस्तो शिक्षा लिने र कहाँ पढ्ने भन्ने बारेमा यस्ता धेरै संस्था खुलेको बताए । 

गिरीले सबैले स्तरीय शिक्षा लिन पाउने नैसगिक अधिकार रहेको भन्दै करिअर प्वाइन्टको सफलताको शुभकामना दिए । 

कार्यक्रममा करिअर प्वाइन्ट नेपालका प्रवन्ध निर्देशक विशाल केशीले स्तरीय शिक्षा र अन्य परामर्शको लागि आफुहरु प्रतिवद्ध रहेको बताए । 

कार्यक्रममा करिअर प्वाइन्टका शिव दनाईले विदेश पढ्न जाने विद्यार्थीका लागी राम्रो शिक्षा र सहि परामर्ष जरुरी रहेको बताए ।

0 comments

Write Down Your Responses