Powered by Blogger.
केन्द्रीय पुस्तकालय कै हालत दयालाग्दो, महत्वपुर्ण दश्तावेज खोज्न समिति तात्यो


काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको केन्द्रीय पुस्तकालयको हालत दयालाग्दो रहेको पाइएको छ । बिहिबार राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको टोलीले अनुगमन गर्दा पुस्तकालयको हालत लथालिङ्ग रहेको पाइएको हो । 

राष्ट्रिय महत्वका दस्तावेजहरूको अभिलेखबारे अध्ययन तथा अनुगमनको क्रममा किर्तीपुर स्थित केन्द्रीय पुुस्तकालय पुगेपछि  संसदीय टोलीले पुस्तकालयको अवस्था पत्ता लगाएको हो ।

समितिको निर्णय अनुसार गठिन कार्यदलले बिहिबारबाट पुस्तकालयको अध्ययन सुरु गरेको सभापति बिडारीले बताउनुभयो । बिडारी नेतृत्वको कार्यदलमा सुमन प्याकुरेल र दुर्गाप्रसाद उपाध्याय सदस्य तथा राधेश्याम अधिकारी आमन्त्रीत सदस्य छन् । 

अध्ययनपछि एसियाकै ठुलो पुस्तकालय भनेर चिनिएको र करिव ४ लाख पुस्तकहरु रहेको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको केन्द्रीय पुस्तकालयको अवस्था भद्रगोल अवस्थामा पुगेको पत्ता लागेको सभापति बिडारीले बताउनुभयो । ‘भूकम्पले पु¥याएको क्षतिपपछि पुनर्निर्माण नगरिएको, बेलायत लगायतका विश्वका अन्य देशसँगको पुस्तकालयको ईन्टरनेट मार्फत कायम गरिएको सम्बन्ध बिच्छेद हुने अवस्थामा पुगेको, पुस्तकालयलाई डिजिटलाइज्ड गर्न नसकिएको लगायतका समस्या सेन्ट्रल लाईब्रेरीमा  पाइयो’ उहाँले भन्नुभयो, ‘ पुस्तकालयमा १६ औं शताव्दीका हस्तलिखित र केही स्वर्ण अक्षरका महत्वपुर्ण दश्तावेजहरु समेत पाइयो तर तिनको वातानुकुलित व्यवस्थापन र संरक्षण हुन नसकेको देख्दा त्यस्ता दश्तावेजहरु नष्ट होलान् की भनेर हामीहरु निक्कै गम्भीर भयौं ।’ 

अध्ययन भ्रमणपछि समिति मार्फत सरकारलाई पुस्तकालयको स्तररोन्नती तथा डिजिटलाइज्ड र ईन्टरनेर मार्फत सम्बन्ध गाँस्न सरकारको ध्यानाकर्षण गराउने भएको छ । 

अहिलेसम्म विदेशी दाताहरुको सहयोगले जेनतेन सञ्चालन हुँदै आएको पुस्तकालयलाई सरकारले बजेट नथप्ने हो भने यो रुपमा चल्लने नसक्ने अवस्था देखिएको बताइन्छ । अमेरिकन लाइबेरीसंग इन्टरनेट मार्फत जोडिएको केन्द्रीय पुस्तकालय सो वापत वार्षिक २७ हजार अमेरिकी डलर तिनुपर्ने तथ्य टोलिसमक्ष उपकुलपति डा. तिर्थराज खनियाले राखेका थिए । 

सो पुस्तकालयलाई थप अत्याधुनीक प्रविधीयुक्त पार्दै संसदको पुस्तकालयसंग जोड्ने समितिको सोच रहेको बताइएको छ । 

स्थलगत अध्ययनका क्रममा समितिको टोलिसँग त्रिभुवन विश्वविद्यालयका उपकुलपति  डा. खनिया, रेक्टर डा.सुधा त्रिपाठी र रजिस्टार डिल्लीराम उप्रती पनि संगै थिए ।  उनीहरुले समितिको टोलीलाई स्वागत गर्नुका साथै सबै पक्षको बारेमा व्रिफीङ गरेका थिए । 

अनुगनमा समितिको सचिव झलक शर्मा सापकोटा, अधिकृत भुवन जोशी, संसदको पुस्तकालय प्रमुख कमलादेवी शर्मा, नायव सुव्वा ठाकुरप्रसाद प्याकुरेल लगायत सहभागि थिए ।  त्यसो त संसद सचिवालयकै २० हजार पुस्तक भुइँतलामा असरल्ल रहेको र सो पुस्तकालयलाई पनि व्यवस्थित पार्नुपर्ने आवश्यकता औंल्याइएको छ । 

महत्वपूर्ण दस्तावेज अभिलेखबारे सरकारलाई निर्देशन दिनु आवश्यक भएकाले अध्ययन, अनुगमन गर्ने निष्कर्षमा समिति पुगेको समितिका सदस्य राधेश्याम अधिकारीले बताउनुभयो । सरकारको मात्रै नभई संसद्को अभिलेखालयलाई व्यवस्थित, परिमार्जित, वैज्ञानिक र आधुनिक बनाउने सन्दर्भमा समितिले लिएको चासोलाई सकारात्मक रुपमा लिइएको संसदीय मामला पत्रकार समाजका महासचिव बबिन शर्माले जानकारी दिए । 

ऐन देखि विनियमसम्म अध्ययन हुँदै

समितिले ऐनअनुसार नियम तथा विनियम  नमिलेको भए उजुरी दिन सार्वजनिक आह्वान गरेको छ । ‘ऐनअनुसार नियम मिलेको छ कि छैन भन्ने विषय पनि समितिको क्षेत्राधिकारमा छ । हामी जुनसुकै निकायमा ऐनअनुसारको नियम छ कि छैन भन्ने विषय अध्ययन गर्दै छौँ,’ सभापति रामनारायण बिडारीले भन्नुभयो । 

त्यस्तै संघीय संसदर्फत सरकारले दिएका आश्वासन पूरा भए–नभएबारे समेत अध्ययन प्रारम्भ गर्ने समितिले जनाएको छ । नेपालमा ००७ साल पछि राजपत्रमा विभिन्न सूचना प्रकाशन गरिँदै आएको थियो । संघीय संसद् सचिवालयमा ०१६ सम्मको राजपत्र नभेटिएको बताइएको छ ।  

भएका पुस्तक तथा विभिन्न महत्वपूर्ण दस्तावेजलाई पनि व्यवस्थित ढंगले संरक्षण गर्न नसकिएको बताइन्छ । त्यस्तै नेपालको आधिकारीक नक्सा कुन हो भन्ने विषयमा अहिले पनि प्रसस्त बहस र विवाद छ । सरकारी दस्तावेज तथा कार्यालयमा प्रयोग भएका नक्साबाटै नेपाली भूमि हराएको भनेर सरकारको आलोचना पनि भईरहेको छ ।  

नेपालले ईतिहाँस देखि अहिले सम्म विभिन्न देशसँग गरेका सन्धी–सम्झौता लगायतका आधिकारीक र महत्वपूर्ण दस्तावेजहरु कहाँ र कुन अवस्थामा छन् भन्ने कुरा सरकारले समेत प्रष्ट भन्न सक्ने अवस्था छैन । राज्यका यस्ता महत्वपूर्ण दस्तावेजहरुको अवस्था पत्ता लगाएर संरक्षण गर्न संसदीय समितिले पहल कदमी लिनुले सकारात्मक सन्देश दिएको छ । 

त्यसो त समितिले बाहिरका पुस्तकालयहरु निरीक्षण थाल्नु दुई हप्ता अघि आफ्नै सचिवालयको पुस्तकालय निरिक्षण गरेको थियो । पुस्तकालयलाई संघीय संसद् सचिवालयको भवन नम्बर दुईको ग्राउन्ड फ्लोरमा झारिएको छ, जुन भद्रगोल अवस्थामा छ ।



0 comments

Write Down Your Responses