Powered by Blogger.
राप्ती ७ को सार्वजनिक सुनुवाई : सरसफाइ र बिकासको काम प्रभावकारी नभएको गुनासो

प्रकाश तामाङ
चितवन,२६ मंसिर / पुर्वी चितवनको राप्ती नगरपालिका वडा नं ७ ले चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । वडामा भइरहेको सेवाप्रवाह र विकास निर्माणकाबारे आयोजित सार्वजनिक सुनुवाइमा स्थानीयवासीले जिज्ञाशा सोध्ने र सम्बन्धित सरकारी कार्यालयका प्रमुखहरूले जवाफ दिएका थिए ।

वडा नं ७ का वडावासीले सरसफाइ र बिकासको दृष्टिले वडामा प्रभावकारी काम हुन नसकेको गुनासो गरेका छन । अन्य वडामा भन्दा यस वडामा प्रभाबकारी रुपमा काम नभएको गुनासो गर्दै उपभोक्ता समिति गठन गर्दा पाटिका कार्यकर्ता मात्रै समावेश गरेको र सुचना समेत थाहा नदिई वन्द कोठामा वसि समति गठन गर्ने गरेको भन्दै वडा अध्यक्ष लगायत नगर प्रमुखको चर्को आलोचना गरेका थिए । 

सो क्रममा वडावासीहरुको गुनासो सम्बोधन गर्दैे वडा अध्यक्ष सुमिता डल्लकोटीले चुनाव अघि आफु कुनै पाटी बिशेषको कार्यकर्ता रहेपनि अब कुनै पाटीको कार्यकर्ता नभई सबै जनताको साझा वडा प्रमुख भएकोले कसैलाई पनि विभेद नगरेको दावी गरे । उनले कुनै अनियमितता वा भेदभाव भएको प्रमाणित गरेर देखाए आफु सडकमा उभिन तयार रहेको बताए ।  
यस्तै नगर प्रमुख बरालले नगरको विकास र फोहोर व्यवस्थापनको विषयमा आफुहरु गम्भीर रहेको बताए । उनले भने,“नगरको फोहोर व्यवस्थापन गर्नका लागी सिन्धु सरसफाइ संस्थासँग सम्झौता भएको छ तर फोहोर व्यवस्थापन गर्न उचित जग्गा नगर भित्र कतै नपाएकोले केहि ढिलाई भएको मात्रै हो । ” यसप्रति हामि गम्भिर छौँ । 
त्यसैगरि नगरमा भएका हरेक बिकासका काम कारबाहीमा नगरको अनुगमन न्यून हुनु, हरेक क्षेत्रमा कर बढाउनुले स्थानीय जनतामा स्थानीय सरकारको जवाफदेहिता के ? भन्ने गुनासोको जवाफ दिँदै प्रमुख प्रशासकिय अधिकृतले सरकारले बनाएका निति नियम मान्नु पर्ने हुँदा कर वृद्धि गर्नुमा आफुहरुको हात नरहेको भनि आफ्नो बचाउ गरे । 
सो कार्यक्रममा नगर प्रमुख प्रभा बराल, प्रमुख प्रशासकिय अधिकृत मिठु राम, दामन पोष्टका सम्वाददाता प्रकाश तामाङ, वडाका जनप्रतिनिधि र सामाजिक अगुवाहरुको सहभागिता रहेको थियो । 

0 comments

Write Down Your Responses