Powered by Blogger.
पत्रकार चौलागाँई सम्मानित



काठमाडौं । रौतहट टाइम्स साप्ताहिक तथा सम्पती मासिकका प्रधान सम्पादक गोबिन्दप्रसाद चौंलागाँइ सम्मानित हुनुभएको छ ।

उहाँलाई पुर्वप्रधान मन्त्री एवं नेकपा वरिष्ठ नेता झलनाथ खनालले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।

पत्रकार चौंलागाँइ नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा प्रेस काउन्सिलका बोर्ड सदस्य समेत हुनुहुन्छ ।
उहाँलाई जनअपेक्षा  सहकारी  संस्था लिमिटेडको वार्षिक उत्सवको अवसरमा  नेपालको प्रशासनिक पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै सम्मान पत्र सहित सम्मानित गरिएको बताइएको छ ।

कार्यक्रममा  पुर्व अर्थमन्त्री भरतमोहन अधिकारीलाई समेत आर्थिक क्षेत्रमा विशिष्ट योगदान पु¥याएको भन्दै सम्मान गरिएको थियो ।

कार्यक्रममा ठूलो संख्यामा बिशिस्ट ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो । सम्मानित हुनेमा  चौलागाँइका अतिरिक्त पुर्व अर्थमन्त्री भरतमोहन अधिकारी, खगेन्द्र अधिकारी लगायतका व्यक्तित्वहरु हुनुहुन्थ्यो । 

0 comments

Write Down Your Responses