Powered by Blogger.
श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीद्धारा १८ प्रतिशत लाभांश वितरण


काठमाडौं । ललितपुरको पुल्चोकमा रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यलाई १८ प्रतिशत लाभांश दिने भएको छ । 

संस्थाको १९औँ साधारणसभामा उक्त प्रस्ताव पारित भएको हो । साधारणसभामा संघीय संसद्का सभामुख कृष्णबहादुर महराले सहकारी क्षेत्रमा श्री लालीगँुरास बहुउद्देश्यीय सहकारी संस्थाले गरेको योगदानको चर्चा गर्दै सहकारीहरूको विकासमा सरकारले थप योगदान गर्नुपर्ने बताए । 

संस्थाका सचिव एवं प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले देशभर २८ वटा वाणिज्य बैंकहरूपछि दोस्रो ठूलो वित्तीय कारोबार सहकारी संघसंस्थाहरूबाट रहेको जानकारी दिए । उनका अनुसार देशभर ३५ हजार भन्दा बढी सहकारी दर्ता भएकोमा २८ हजारभन्दा बढी संस्था क्रियाशील रहेका छन् । 

पछिल्लो तथ्यांकअनुसार सहकारी क्षेत्रको वित्तीय कारोबार जम्मा करोबारको २५ प्रतिशतभन्दा बढी अर्थात् ५ सय ५० अर्बभन्दा बढी निक्षेप परिचालन, ५ सय अर्बभन्दा बढी कर्जा लगानी, ८० अर्ब बराबर सेयर पुँजी संकलन सहकारीबाट भएका छन् । 

संस्थाको मुख्य लगानीमा ताल्छीलेखमा लालीगुराँस हस्पिटल, नयाँबानेश्वरमा लालीगुराँस राष्ट्रिय उच्च मावि÷कलेज, चितवन खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एन्ड रिसर्च सेन्टर रहेको छ । त्यस्तै सिन्धुपाल्चोकको लार्चामा भैरवकुण्ड हाइड्रोपावर लि. तथा अन्य क्षेत्रतर्फ जय लालीगुराँस इन्भेष्टमेन्ट ट्रेडिङ कम्पनी प्रालि सञ्चालन गरेको छ । 

संस्थाले निकट भविष्यमा डेरी सञ्चालन गर्ने योजना अघि बढाएको जनाइएको छ । संस्थाले चितवनको पर्सामा चौथो सदस्य सुविधा काउन्टर सञ्चालन गर्न लागेको जनाएको छ । यसअघि ललितपुरको चापागाँउ, काठमाडौंको चाबहिल र भक्तपुरको कौशलटारमा सदस्य सुविधा काउण्टर सञ्चालन गरिसकेको छ ।
कार्यक्रम संस्थाका अध्यक्ष अमरदास श्रेष्ठको अध्यक्षतामा भएको थियो ।  

उहाँले संस्थाको वार्षिक नीति तथा कार्यक्रमको बारेमा बोल्नुभएको थियो । कार्यक्रममा बोल्दै संस्थाका सचिव एवं प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले देशभर ७० लाख भन्दा बढी नागरिकहरुले सहकारी संस्थाहरुको सदस्यता लिएको उल्लख गर्दै स्थानिय तहमा युवा, महिला लगायत बृद्धबृद्धाहरु समेत सहकारीमा आवद्ध भई उत्पादन, शिक्षा, स्वास्थ्य, पशुपालन लगायतका उद्यमशिलताको कार्यहरु सहकारी संस्थाहरुको माध्यमबाट भएका जानकारी दिनुभयो । 

सहकारी क्षेत्रको पँुजीलाई उर्जा, पर्यटन, पशुपालन, कृषि लगायत मझौला तथा ठूला परियोजनामा लगानी गर्ने वातावरण सृजना गरी सहकारी मार्फत राष्ट्रिय अर्थतन्त्रको विकास धारणा राख्दै उहाले  सहकारी मार्फत बचत ऋण लगायत उत्पादनको कार्य गर्न वर्तमान सहकारी ऐन २०७४ मा संशोधन अपरिहार्य रहेको बताउनुभयो । 

डेरी परियोजनाको प्रवद्र्धन गर्न, खैरहनी तथा रत्ननगर नगरपालिकाका गाई पालन गर्ने कृषकहरुलाई लक्षित गरी लगानी बृद्धि गर्न, प्रविधि विकासको लागि सहयोग गर्न, उत्पादित दुधको बजारिकरण गर्न गर्न लागेको छ । संस्थाले आगामी आर्थिक वर्षमा काठमाण्डौंको न्यूरोड र बालाजुमा सदस्य सुविधा काउण्टर संचालन गर्ने लक्ष्य लिएको छ । 

साधारण सभामा २५ संस्थापक संचालक, ५ पुर्व अध्यक्ष, संस्थाका शेयर सदस्य एवं जेष्ठ नागरिक २१ जना, एस.इ.इ.मा उत्कृष्ठ स्थान ल्याउने १५ विद्यार्थीहरु सम्मानीत भएका छन् । कार्यक्रममा संस्थाका सर्वाेत्कृष्ट, उत्कृष्ट, ५ वर्षे र १५ वर्ष सेवा गरेका कर्मचारीहरुलाई सम्मान गरिएको छ ।    
  






0 comments

Write Down Your Responses