Powered by Blogger.
बागमती गोल्डकपको दोस्रो संस्करण माघ १ गतेदेखि

मकवानपुर ÷ बागमती गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो संस्करण माघ १ गतेदेखि ८ गतेसम्म हुने भएको छ । बागमतीको जनता माध्यमिक विद्यालयको प्राङ्गणमा हुने प्रतियोगितामा ए डिभिजनसहित प्रदेश १, २, ३ र ४ को जिल्लाका १० टिमको सहभागिता रहने खेलकुद विकास समिति बागमती गाउँपालिकाका अध्यक्ष अरुण लामा बलले बताए ।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद तीन लाख र दोस्रो हुने टिमलाई दुई लाख रुपैंया सहित शिल्ड, प्रमाणपत्र दिईने बताए । करिब ७ हजार जना दर्शकले अवलोकन गर्ने प्रतियोगितामा २५ लाख रुपैंया खर्च हुने उनले बताए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद २५ हजार तथा उत्कृष्ट किपर, डिफेण्डर, मिड फिल्डर लगायतलाई नगद दश हजारसहित मेडल र प्रमाणपत्र दिईने उनको भनाई छ ।
कार्यक्रममा बोल्दै बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले खेल मार्फत् मनोरञ्जनसँगै स्थानीय खेलाडी उत्पादनमा समेत महत्वपूर्ण सहयोग पुग्ने बताए । प्रतियोगिता मार्फत् बागमती गाउँपालिकाकै प्रचारप्रसार हुने भन्दै उनले खेल व्यवस्थापनमा गाउँपालिकाले बिशेष सहयोग गर्ने बताए ।



0 comments

Write Down Your Responses