Powered by Blogger.
मकवानपुरका ४ साकोस संस्थालाई नेफस्कुनद्धारा प्रोवेशन ब्रान्ड प्रदान

मकवानपुर / जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडले पूर्ण तथा व्यवसायी साकोस विकास कार्यक्रम (प्रोवेशन ब्रान्ड) प्राप्त सहकारी संस्थालाई बधाई तथा शुभकामना दिएको छ । आज हेटौँडाको न्युज क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरि संघले बधाई तथा शुभकामना दिएको हो ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कुन)को साधारण सभाको अवसरमा मकवानपुरका ४ साकोस संस्थालाई प्रोवेशन ब्रान्ड प्राप्तप्रदान गरिएको थियो । देशभरका २१ सहकारी संस्थाहरुलाई उक्त ब्रान्ड प्रदान गरिएको थियो ।

२१ सहकारी मध्ये मकवानपुरका महिला मिलन बचत तथा ऋण सहकारी संस्था हेटौंडा १३, महिला जनचेतना बचत तथा ऋण सहकारी संस्था लि। हेटौंडा १५, महिला जागरण बचत तथा ऋण सहकारी संस्था लि। मकवानपुरगढी ३ र महलिा अभियान बचत तथा ऋण सहकारी संस्था लि भीमफेदी ४ले प्राप्त गरेका थिए । मकवानपुर जिल्लाबाट ६ वटा नेफस्कुनमा आवद्ध भएमध्ये ४ वटाले ब्रान्ड प्राप्त गरेको हो ।

कार्यक्रममा मकवानपुरको सहकारीले कसरी ब्राण्ड प्राप्त गरेको भन्ने विषयमा जिल्ला बचत संघकी सचिव कल्पना श्रेष्ठले जानकारी दिएकी थिईन् । उनले अहिले ब्राण्ड प्राप्त गर्नु मात्र महत्वपुर्ण नभएको भन्दै अव यसलाई जोगाएर थप प्रभावकारी काम गर्न आफुहरुलाई अवसर समेत प्रदान गरेको बताईन् ।

बधाई तथा शुभकामना कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सदस्य तथा जिल्ला सहकारी संघका अध्यक्ष बद्रीप्रसाद लम्साल,ब्रान्ड प्राप्त सहकारी संस्थाका अध्यक्षहरु, समितिका पदाधिकारी, कर्मचारी र सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो । संघका अध्यक्ष राधा सिन्तानको अध्यक्षतामा कार्यक्रम भएको थियो ।


0 comments

Write Down Your Responses