Powered by Blogger.
नयाँ पाईलाको अध्यक्षमा विश्व सुनार चयन

 हेटौडा ,मकवानपुरको सामाजिक कार्यमा सक्रिय गैरसहकारी संस्था समृद्ध नेपालको लागि नयाँ पाइलाको पहिलो अधिवेशन सम्पन्न भएको छ ।

हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना लामाको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।

विश्व सुनारको अध्यक्षतामा १३ नयाँ कार्यसमिती चयन भएको छ । सुनारको अध्यक्षतामा चयन भएको नयाँ कार्यसमितिमा उपाध्यक्ष निष्कर्ष गोले र करिस्मा रिमाल, सचिव भुवन घलान, कोषध्यक्ष सहनशिला ढकाल, सह–सचिवमा अलिसा न्यौपानेलगायत अन्य सदस्यहरु गरी १३ कार्यसमिति गठन भएको हो ।

अधिवेशनमा पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, प्रेस चौतारी मकवानपुरका अध्यक्ष प्रकाश दाहाल, संस्थाका संरक्षक रिपेश दाहाल, पत्रकार देवराज पन्त, हामी सक्छौं नेपालका अध्यक्ष शिवहरि दाहाल, रेडियो अनमोलका स्टेसन म्यानेजर बालकृष्ण दाहाललगायत संस्थाका सदस्यहरुको सहभागीता रहेको थियो ।

0 comments

Write Down Your Responses