Powered by Blogger.
रेडियो सन्देशको बम्पर अफर : बिज्ञापनदातालाई फागुनमा निःशुल्क बिदेश भ्रमण


रेडियो र पत्रिकाको आयोजनामा सम्मान बृहत सास्कृतिक कार्यक्रम बैंककमा हुने
हेटौँडा÷सामुदायिक सञ्चार समुहद्वारा सञ्चालित सामुदायिक रेडियो, रेडियो सन्देश १०६.९ मेगाहर्जले आफ्नो शुभारम्भको बिषेश कार्यक्रम तथा निकास साप्ताहिकको १५ औँ वार्षिकोत्सव थाईल्याण्डको बैंककमा गर्ने भएको छ ।
आज हेटौँडाको न्युज क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा रेडियो सन्देशका अध्यक्ष एवम् निकास साप्ताहिकका प्रकाशक सुनिल खड्काले रेडियो सन्देशले घोषणा गरेको बम्पर अफर अन्र्तगत बिज्ञापनदाताहरुलाई ५ दिन निःशुल्क थाईल्याण्ड भ्रमण गराउने पनि बताउनुभयो ।
रेडियो सन्देशमा बिज्ञापन दिने बिज्ञापनदाताहरुलाई २०७६ बैंसाखमा निशुल्क बिदेश भ्रमण गराउने भनेर रेडियोले यस अघि नैं घोषणा गरेको थियो । तर बिज्ञापनदाताहरुको संङ्ख्या धेरैं भएको कारण २ महिना अघि नैं बिदेश भ्रमण कार्यक्रम राखिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । यही फागुन २३ गतेदेखी २७ गतेसम्म हुने थाईल्याण्ड भ्रमणका क्रममा रेडियो सन्देश र निकास साप्ताहिकको बिषेश कार्यक्रम पनि हुने अध्यक्ष खड्काले बताउनुभयो ।
थाईल्याण्डमा हुने विशेष कार्यक्रममा रामचन्द्र स्मृति सिर्जनशिल राष्ट्रिय पत्रकारिता पुरस्कार समेत दिईने जानकारी दिईएको छ । खड्काले आफ्ना स्वर्गिय पिताको नाउँमा १४ बर्षअघि स्थापना गरेको “रामचन्द्र स्मृति सिर्जनशिल राष्ट्रिय पत्रकारिता पुरस्कार” र वर्ष ब्यक्ति सम्मान समेत विषेश कार्यक्रमकै अवसरमा प्रदान गरिने खड्काले बताउनुभयो ।
कार्यक्रममा रेडियोले शुभारम्भको अवसरमा विज्ञापन दाताको लागि शुरु गरेको निशुल्क विदेश भ्रमणको योजना अन्र्तगत करिब ३ दर्जन विज्ञापनदातालाई समेत निशुल्क थाईल्याण्ड भ्रमणको अवसर प्रदान गर्न लागेको समेत उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागि हुन मकवानपुरे पत्रकार सहित ६० जनाको हारहारीमा फागुन २३ गते प्रस्थान गर्ने समेत आयोजकको भनाई रहेको थियो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ तीन नंबर प्रदेशका अध्यक्ष प्रताप विष्टले सञ्चार क्षेत्रले विदेशमा गएर कार्यक्रमहरु गर्नु सुखद पक्ष भएको बताए  ।  पत्रकार सम्मेलनमा पत्रकार महासंघ प्रदेश नंबर ३ का महासचिव कृष्ण सारुमगर, मकवानपुर अध्यक्ष हरि हुमागाई लगाएतको आतिथ्यता रहेको थियो ।
असोज १ गतेदेखी प्रशारणमा आएको रेडियोले बिशेषगरी बिज्ञापनदाताहरुलाई लक्षित गरेर बम्पर अफर ल्याएको थियो । १ बर्षसम्म नियमित रेडियोमा बिज्ञापन प्रशारण गर्ने बिज्ञापनदातालाई बिदेश भ्रमणमा लैंजाने रेडियोले आज उद्घोष गरेको छ । बार्षिक रुपमा नियमित बिज्ञापन दिने बिज्ञापनदाताहरुको व्यवसाय प्रवद्र्वन संगैं वैंदेशिक भ्रमणको पनि प्याकेज ल्याईएको अध्यक्ष खड्काले जानकारी दिनुभयो । बिगत १५ बर्षदेखी मकवानपुर जिल्लाबाट नियमित प्रकाशित हुँदैं आएको निकास साप्ताहिक र रेडियो सन्देशको सयुक्त आयोजनामा बिदेशमा नैं बिषेश सास्कृतिक कार्यक्रम पनि हुने खड्काले बताउनुभयो । सुचना तथा सञ्चार मन्त्रालयमा ९५०÷०७३÷०७४ दर्ता भएको  रेडियो सन्देश असोज १ गतेदेखी धधध।चबमष्यकबलमभकज।अयm अनलाईन मार्फत प्रशारणमा आएको थियो । ३ नम्बर प्रदेशको राजधानी हेटौंडाको मुख्य बजार (बुद्ध चोक) बाट रेडियो प्रशारणको आरम्भ भएको छ ।
रेडियो सन्देशले फरक प्रस्तुति र एउटा नयाँ सोचको साथ समुदायको आवाज समेट्ने प्रयास गर्ने सामुदायिक सञ्चार समुह (रेडियो सन्देश १०६.९ मेगाहर्ज) का अध्यक्ष खड्काले जानकारी दिनुभयो ।  रेडियो दैंनिक बिहान ५ बजेदेखी राती ११ बजेसम्म १८ घण्टा प्रशारण हुने बताइएको छ ।

0 comments

Write Down Your Responses