Powered by Blogger.
११ केजी चरेश बेच्न हिँडेका कैलाश गाँउपालिकाका मोक्तान रंगेहात पक्राउ


काठमाडौं । चरेश विक्रिगर्ने उद्देश्यले बोकी हिडेका मकवानपुर जिल्लाको कैलाश गाउँपालिका १ डाडागाउँ घर भएका ३२ वर्षका सुरेश मोक्तान पक्राउ परेका छन् । 

हाल नुवाकोट जिल्लाको ककनी गाउँपालिका ७ स्थित सिम्ले बस्ने मोक्तानलाई सशत्र प्रहरी बल एएपपीको विशेष टोलीद्वारा चरेशसहित रंगेहात पक्राउ गरिएको हो । 

सशस्त्र प्रहरी बल नेपाल गुल्म हेक्वा काठमाडौं नम्बर २४ गुल्म र सशस्त्र प्रहरी बलको विशेष टोलीले काठमाडौं महानगरपालिका १७ स्थित शोभा भगवतीबाट शनिबार दिउँसो उनलाई चरेशसहित पक्राउ गरेको बताइएको छ । 

सो गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक सुरेश गैरेका अनुसार त्यसवेला मोक्तानको साथबाट ११ के.जी. चरेश बरामद भएपछि उनलाई पक्राउ गरिएको हो ।

गुल्मले पक्राउ परेका मोक्तानलाई बरामद चरेशसहित आवश्यक कारवाहीको लागि महानगरिय प्रहरी वृत्त दरबारमार्गमा बुझाएको छ ।   टोलीले मोक्तानको साथबाट नगद छ हजार आठ सय १० रुपैंया  र सामसुङ मोबाईल थान १ सहित नियन्त्रमा लिएको बताइएको छ । 


यसैबीच काठमाडौं महानगरपालिका ८ स्थित पशुपतिको राम मन्दिर इलाकाबाट मंसीर २७ गते एपीएफ टोलीले करीव तीन सय १० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी गाउँपालिका ७ बस्ने ४० वर्षिय रुद्र अधिकारी छन् ।   

सशस्त्र प्रहरी बल नेपाल मन्दिर सुरक्षा वेश पशुपतिबाट खटिएको एपीएफ टोलीले निज अधिकारीलाई गाँजा बेचबिखन गरीरहेको अवस्थामा फेला पारेपछि उनलाई उक्त गाँजासहित पक्राउ गरिएको हो । 

पक्राउ परेका अधिकारीलाई बरामद गाँजासहित आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त गौशालामा बुझाइएको छ । 



0 comments

Write Down Your Responses