साहित्यकार अञ्जान भारतमा सम्मानित
मकवानपुर ÷ मकवानपुरका साहित्यकार बिर्खे अञ्जान भारतमा सम्मानित भएका छन् । भारतमा आयोजना गरेको मेरठ साहित्य महोत्सवको अबसर पारेर साहित्य क्षेत्रमा बिशेष योगदान पुर्याएका भन्दै कदर—पत्र द्धारा अन्जाललाई सम्मान गरेको हो ।मकवानपुर जिल्लाको एक मात्रै प्रतिनिधिका रूपमा सहभागी अञ्जान बिगत दुई दशक देखि कथा,कविता ,समालोचना बिधामा कलम चलाउँदै ,संस्थागत साहित्यको बिकासमा अतुलनीय योगदान पु¥याउदै आएका छन् ।
यहीँ मंसिर २४ ,२५ ,र २६ सम्पन्न भएको कार्यक्रममा नेपाल ,भूटान,भारत, बङ्लादेश,रूस ,नर्वेका प्रतिनिधि साहित्यकारहरूको उपस्थित रहेको थियो ।
भाषा,साहित्य ,कला र संस्कृतिलाई संरक्षण गरि अन्तर्राष्ट्रिय स्तरमा स्रष्टाहरूको परिचय गराउँदै तिनीहरूको ब्यक्तित्व र कृतित्व माथि चर्चा गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने मध्येबाट सनत रेग्मी ,वसन्त चौधरी ,केशवराज आमोदी, कलानीधि दहाल, पोष्टराज चापागाईं लगायतको विशिष्ट अतिथिको रूपमा मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा दर्जनौँ साहित्कारहरुले आआफ्नो सिर्जना बाचन गरेका थिए ।



0 comments
Write Down Your Responses