Powered by Blogger.
पालुङ जेसिजको अध्यक्षमा कुमार नेगी निर्वाचित


थाहानगर  /पालुङ जेसिजको अध्यक्षमा कुमार नेगी निर्वाचित भएका छन् । थाहा नगरमा सम्पन्न १८ औं बार्षिक साधारण सभाले सन २०१९ का लागि नेगीलाई जेसिसको अध्यक्षमा निवार्चित गरेको हो ।

निकटतम् प्रतिस्पर्धि बिकाश भण्डारीलाई ८ मतले पछि पार्दै उनी निर्वाचित भएका हुन् । कुलमत ७० मध्ये ४० मत खसेको थियो । खसेको मत मध्ये नेगीले २४ र  भण्डारीले १६ मत प्राप्त गरेका हुन् ।

त्यस्तै कार्यकारिणी उपाध्यक्षमा सानोबाबु मोक्तान र रुपचन्द्र गोपाली निवार्चित भएका हुन् । उपाध्यक्षमा संगम कार्र्की, सुशान्त गोपाली, अनिता बिष्ट र दिपा बल सर्वसम्मत निर्वाचित हुनु ।

विजयी पछि अध्यक्ष नेगीले बर्ष २०१९ तालिमै तालिमको बर्ष हुने बताउदै अहिले सम्मै उत्कृष्ट बर्ष बनाउन सबैसग मिलेर अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

जेसिजको विधानमा अध्यक्षले महासचिव, कोषाध्यक्ष र कानूनी सल्लाहकार मनोनित गर्न पाउने अधिकार छ ।


0 comments

Write Down Your Responses