Powered by Blogger.
प्रदेश ३ का कृषि मन्त्री दोर्जे लामाद्वारा ख्रिस्टमसको शुभकामना ब्यक्त

प्रकाश तामाङ,  
चितवन / बडा दिन ख्रीस्ट्मसको अबसरमा पुर्वी चितवन स्थित  बिरेन्द्रनगरमा आज (मंगलवार)  ईसाई धर्मालम्बीहरु भेला भर्इ २०७५ को ख्रीस्ट्मस शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  भएको छ । छिमेकी मन्डली प्रार्थना संजालले आयोजना गरेको ख्रीस्ट्मस उत्सव २०७५ को शुभकामना आदानप्रदान कार्यक्रमको प्रमुख बक्ता काठमाडौका रे.भ. पास्टर बिजय कर्माचार्य रहेका थिए। 

उहाले येशु ख्रीस्ट्को जन्म दिनको उत्सव नै  ख्रीस्ट्मस रहेको र संसारमा सबै पापिको उद्दार गर्नलाई यस संसारमा जन्म लिनुभएको पबित्र धर्मशास्त्र बाईबल अनुसार दावीका साथ प्रबचन दिदै यो ख्रीस्ट्मसले नेपालमा शान्ति र सु—ब्यबस्था हुनेमा पुनः बिश्वास र प्रार्थना सहित सबैलाई ख्रीस्ट्मसको शुभकामना दिनुभयो।

 यस्तै गरि कार्यक्रमका प्रमुख अतिथिमा प्रदेश ३ का माननीय कृषि मन्त्री दावा दोर्जे लामा रहनुभएको थियो। उहाले नेपाल धर्म निरपेक्ष घोषित भैसकेकोले नेपालमा जुनसुकै धर्म मान्न पाउने अधिकार सबै जनतामा रहेको र ईसाई धर्मालम्बीहरुले पनि आफ्नो धर्म अनुसारको उत्सव मनाउन कसैले रोक्न नमिल्ने बताउनुभयो। उहाले चितवन भित्र मात्र नभई नेपालमा रहेका सम्पुर्ण ईसाई धर्मालम्बीहरुलाई बडा दिन ख्रीस्टमसको शुभकामना ब्यक्त गर्नुभयो। 
कार्यक्रममा बिशिस्ट अतिथिहरु पुर्व सांसद गोबिन्द चेपाङ, राप्ती नगरपालिकाका मेयर प्रभा बराल, उपमेयर इमानसिंह लामा, सुन्दर नेपाल सरसफाई अभियानका रास्ट्रीय संयोजक बिर बहादुर तामाङ लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो। 

कार्यक्रममा बिशिस्ट अतिथी तथा चर्चित गायिका अन्जु पन्तद्वारा ख्रीस्ट्मसको शुभकामना सहित ख्रीस्ट्मस गीतहरु प्रस्तुत गर्दै दर्शकहरुलाई रमाहट प्रदान गर्नुभएको थियो। कार्यक्रममा चितवन साथै अन्य क्षेत्रका चर्चका पास्टर तथा अगुवा, बिस्वासिहरुको बाक्लो उपस्तिथि रहेको थियो। कार्यक्रम हरेक बर्ष गरिदै आएको र यो बर्ष पनि शुभकामना आदानप्रदानको कार्यक्रम सहज ढंगले गरेको छिमेकी प्रार्थना सन्जालका अध्यक्ष बिनोद पुनले जानकारी दिनुभयो।

0 comments

Write Down Your Responses