मानन्धर खलःको सामुहिक भोज
सामुहिक भोजमा मानन्धर खलःमा आवद्ध ४५ घरपरिवारका सदस्यहरु सहभागी भएर परम्परागत रुपमा नेवारी परिकारहरु खाएका थिए । सामुहिक भोजले परम्परागत भाषा, पहिरन, संस्कार, संस्कृती संरक्षणमा टेवा पुग्ने भन्दै खलःका अध्यक्ष सुनकुमार मानन्धरले सामाजिक एकता, सद्भाव र समन्वय समेत बृद्धी हुने बताए ।
वि.सं. २०१९ देखि गुठीको रुपमा क्रियाशील खलःले सदस्य परिवारभित्र ब्रतबन्ध, विवाह, मृत्यु संस्कार लगायत कर्मकाण्ड गर्दै आएको छ । बार्षिक रुपमा प्रतिपरिवार पाँच सय रुपैंया लिएर खलःले हरेक बर्ष पुसको पहिलो शनिबार सामुहिक भोज र वार्षिक साधारण सभा गर्दै आएको छ ।
वि.सं. २०६८ मा विधिवत रुपमा दर्ता भएको संस्थाले जेष्ठ नागरिक, संस्थापक सदस्यका श्रीमती र मानन्धर वकिल सुमनकुमारलाई सम्मान गरिसकेको छ । हेटौंडा १ चौकीटोलमा आफ्नै भवनमा कार्यालय सञ्चालन गर्दै आएको खलःले आगामी दिनमा रचनात्मक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
0 comments
Write Down Your Responses