Powered by Blogger.
कैलाशको कालिकाटारमा कृषि प्रदर्शनी मेला

मकवानपुर– मकवानपुरको कैलाश गाउँपालिका–३ कालिकाटारमा दुई दिने कालिकामाई मेलाको अवसरमा शनिबारबाट कृषि प्रर्दशनी मेला शुरु भएको छ । गाउँपालिकाको कृषि विकास शाखाले गाउँपालिका स्तरीय कृषि मेला प्रर्दशनी आयोजना गरिएको कालिका मेला ब्यबस्थापन समितिको संयोजक श्रीदास रिजालले बताए ।

कृषकलाई कृषि क्षेत्रमा आर्कषित गर्ने तथा कृषि प्रर्बद्धनमा सहयोग पु¥याउने उद्देश्यले आयोजना गरिएको मेला आज आईतबार सम्म संचालन हुने छ । मेलामा उत्कृष्ट कृषि उपजहरु प्रर्दशन तथा पुरस्कृत समेत गरिने  मेलामा २० वटा स्टल रहेको छ ।

0 comments

Write Down Your Responses