Powered by Blogger.
क्रिसमसको शुभकामना दिदैँ मुख्यमन्त्री पौडेलले भने : कुनैपनि धर्मप्रति राज्यले हस्तक्षेप गरेको छैन (फोटो फिचर सहित)

 
 मकवानपुर / ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल धर्म निरपेक्ष राष्ट्र भएको र सरकारले कसैप्रति भेदभाव नराखेको बताएका छन् । आज हेटौडा नगर खिष्ट्रियन समुदायले गरेको क्रिसमस शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले कुनैपनि धर्मप्रति राज्यको हस्तक्षेप नभएको र जसलाई जुन धर्मप्रति आस्था र विश्वास छ, त्यो मान्न सकिने बताए । पौडेलले धर्म प्रति आक्षेप लगाउनु गलत भएको बताएका छन् । 
 मुलुक समृद्ध बनाउनको लागि संस्कार र चेतनालाई परिर्वतन गर्नु पर्ने बताए । जसमा यस्ता खालको क्रियाकलाप परिर्वतन हुदैन तव सम्म अगाडि बढ्न नसक्ने बताउदै धर्मको नाममा रहेको बिकृति बिसंगति हटाउन सबैलाई आग्रह गरे । सबैले सभ्य र सम्मुनत समाज निर्माणमा सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका संयोजक तथा रेभरेन्न रामकृष्ण पन्तको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख वक्ता रेभरेन पास्टर हनोक तामाङले ख्रिष्टमसको विशेषता र मान्यताको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा प्रदेश ३ का साँसद प्रेमबहादुर पुलामी, मुनु सिग्देल, जुनेली श्रेष्ठ, हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामा, अधिवक्त केशब गौतम, प्याब्सन मकवानपुर अध्यक्ष मदन दाहाल, मकवानपुर पास्टर एशोसियसनका अध्यक्ष दिपक भोलोन, आयोजक संस्थाका मिलन सेढाई र ऋषिराम आचार्यले लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
आयोजकका अनुसार मकवानपुर जिल्लामा करिब ४० हजार जना क्रिश्चियन छन् भने करिब ६०० वटा चर्च छ । नेपालमा करिब ३० लाख मानिस क्रिश्चियन धर्मावलम्बी रहेको र १२ हजार चर्च रहेको सो संस्थाको दाबी छ ।















0 comments

Write Down Your Responses