Powered by Blogger.
शैक्षिक क्षेत्रमा कलम चलाउने पत्रकारलाई सोलिड्यारिटीले नगद सहित पुरस्कृत गर्ने

हेटौंडा, हेटौंडामा रहेको सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीले सोलिड्यारिटी शैक्षिक पत्रकारिता पुरस्कार स्थापना गरि एक जना पत्रकारलाई पुरस्कार दिने भएको छ ।

आज हेटौंडाको न्युज क्लब नेपालमा पत्रकार सम्मेलन गरि पुरस्कार बारे जानकारी दिइएको थियो । एकेडेमीका संस्थापक अध्यक्ष ऋषिराम आचार्यले शैक्षिक क्षेत्रमा रहेर कलम चलाउने एक जना पत्रकारलाई नगद १० हजार सहित पुरस्कृत गर्ने बताए ।

 आगामी माघ २३ र २४ गते हुन लागेको अभिभावक भेलाको दिन पुरस्कार वितरण गरिने उनले बताए । उनले सन् २०१९ को शुभकामना दिदैं राष्ट्रिय टोपी दिवसको शुभकामना समेत दिएका थिए ।

कार्यक्रममा प्रदेश ३ नेपाल पत्रकार महासंघका अध्यक्ष प्रताप विष्ट, महासचिव कृष्ण सारु, मकवानपुरका अध्यक्ष हरि हुमागाई, विद्यालयका सहायक प्रअ अनु तामाङ लगायतकाले शुभकामना दिएका थिए ।

0 comments

Write Down Your Responses