हेटौँडामा नेपाल विक्रेता महासंघको पुस २१ गते चौथो राष्ट्रिय महाधिवेशन हुने

आज हेटौँडाको न्युज क्लब हेटौँडामा पत्रकार सम्मेलनको आयोजन गरि महासंघले पुस २१ गते हेटौँडामा चौथो राष्ट्रिय महाधिवेशन हुने जानकारी गराईएको हो । मकवानपुर अधिकृत विक्रेता संघको आतिथ्यतामा हुने अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने बताईएको छ ।
देशभरका ३५ जिल्लाबाट २ सय ५० जना प्रतिनिधिहरु तथा १ सय ५० जना पर्यवेक्षकहरु हुने समेत पत्रकार सम्मेलनमा जानकारी दिईएको हो । पत्रकार सम्मेलनमा बोल्दै नेपाल वितरक महासंघका केन्द्रीय अध्यक्ष डम्बरबहादुर थापाले अधिकृत विक्रेतासंघलाई राज्यले कुनैपनि अधिकार नदिएको गुनासो ब्यक्त गरे । सरकारले अझैपनि अधिकृत विक्रेताहरुलाई दलालको रुपमा हेरेको भन्दै उनले आफुहरु नाफामुलक मात्र नभएर सेवामुलक ब्यवसायमा विस्वास राख्ने बताए ।
पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रश्नको उत्तर दिँदै अध्यक्ष थापाले नेपालमा होलसेलर र अधिकृत विक्रेताहरुलाई एउटै डालोमा हालेर हेर्ने परम्परा रहेको भन्दै त्यसरी ब्याख्या नगर्नको लागि मिडिया मार्फत सबैलाई आग्रह समेत गरेका छन् ।
प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलबाट उद्घाटन हुने अधिवेशनलाई भब्य तथा सभ्य बनाउनको लागि आफुहरु लागिपरेको मकवानपुर अधिकृत विक्रेता संघका पुर्व अध्यक्ष विजय श्रेष्ठले बताए । प्रदेश नंबर ३ को राजधानीमा कार्यक्रम हुन गएको भन्दै उनले यो ऐतिहाँसिक क्षेणलाई स्मरणीय बनाउन कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे ।
पत्रकार सम्मेलनमा महासंघका केन्द्रीय पदाधीकारीहरु, केन्द्रीय सदस्यहरु, नेपाल उद्योग वाणीज्य महासंघका केन्द्रीय सदस्य राजकुमार न्यौपाने लगाएतको आतिथ्यता रहेको थियो । अधिवेशन हेटौँडा रिर्सोटमा हुने स्थानीय कार्यक्रम संयोजक डिलाराम तिवारीले बताए ।
0 comments
Write Down Your Responses