Powered by Blogger.
दुखत खबर : दोस्रो नेपाल आइडल रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु

मकवानपुर / दोस्रो नेपाल आइडल रवि ओडकी आमाको करेन्ट लागेर ज्यान गएको छ । बुधबार बिहान ७ बजे रविकी आमा ४५ वर्षीया विष्णा ओडको करेन्ट लागेर मृत्यु जिल्ला प्रहरी कार्यालय, कैलालीका एसपी आभूषण तिम्सिनाले जानकारी दिए । बुधबार बिहान करेन्ट लागेपछि उपचारका लागि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको पुष्टि गरे ।

पानी तान्ने क्रममा मोटरबाट करेन्ट लागेर घाइते विष्णालाई उपचारका लागि सेती अञ्चल अस्पताल लगिएको थियो । तर, अस्पताल पुगेलगत्तै चिकित्सकले उनको मृत्यु भइसकेको घोषणा गरेका थिए ।

विष्णा रविकी कान्छी आमा हुन् । जन्मदिने आमाको सानैमा मृत्यु भएपछि रविका बावुले विष्णासँग दोस्रो विवाह गरेका थिए । उनै विष्णाले रविलाई हुर्काएकी थिइन् ।  तर, नेपाल आइडल–२ का विजेता छोरा रविसँग त्यसको खुसी साट्न नपाउँदै विष्णाको निधन भएको छ ।

0 comments

Write Down Your Responses