Powered by Blogger.
जिवनज्योति आधारभुत विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण

Image may contain: 13 people, people smiling, people standingमकवानपुर ÷ न्यानो कपडा नभएका कारण जाडोमा काँम्दै विद्यालय आउजाउ गर्ने विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । हेटौडा बजारबाट करिब २ घण्टाको यात्रामा पुगिने हेटौडा–१९ लेकपानीको जिवनज्योति आधारभुत विद्यालयमा अध्ययन गर्ने वालवालिकालाई जाडोको समयमा स्विटर, टोपि र सुरुवाल,मोजा वितरण गरिएको हो ।
विपन्न परिवारको बालवालिका अध्ययन गर्ने र उनीहरु जाडोमा न्यानो कपडा नहुँदा निकै समस्या थाहा पाएका पश्चात हेटौडा—८ निवासी गजेन्द्र अधिकारी र उनका श्रीमती यसोधा अधिकारीले विद्यालय एक कार्यक्रमको आयोजना गरि आफ्नै खर्चमा ४० थान न्यानो पोसक वितरण गरेको प्रधानाध्यापक कुमारसिङ गालेले बताए  ।

वालवालिकाको अध्यापनमा सहजता होस् भन्ने हेतुले आफ्नै खर्चमा सहयोग गरेका हौँ, हेटौडा—८ निवासी गजेन्द्र अधिकारीले भने । यस विद्यालयको अवस्था निकै नाजुक भएको विद्यालयका प्रधानाध्यापक कुमारसिङ गालेले बताए  । उनले भने,आर्थिक अवस्था सुध्रिएका गाउँमा नबसी बजारको आसपासमा जान्छन,बिपन्न परिवारको बसोबास रहेको यहाँ वालवालिकालाई तातो लुगा नहुँदा निकै समस्या छ ।
विद्यालयमा लेकपानी,कालिटार, आरनचौरका वालवालिका अध्ययनका लागि आउने गरेका छन् । उनले अनुसार यहाँ अध्यापन गराउन आउँदा ३६ परिवारका बालबालिका अध्ययनका लागि आउँथे तर अहिले घटेर २४ का मात्र आउँछन । न्यून विद्यार्थी संङख्य रहेको विद्यालयमा ईसिडि देखि कक्षा ५ सम्म अध्यापन हुने गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुर गोलेको अध्यक्ष तथा नगर शैक्षिक समन्वय समितिका अध्यक्ष सागर प्रसाद खतिवडाको प्रमुख आथित्यता कार्यक्रम रहेको थियो ।

0 comments

Write Down Your Responses