Powered by Blogger.
प्रदेश ३ को राजधानी हेटौंडामा वर्ल्डलिंकको फ्री वाईफाई

मकवानपुर /  प्रदेश ३ को राजधानी हेटौंडामा वर्ल्डलिंकले फ्री वाईफाई शुरु गरेको छ ।
इन्टरनेट सेवा प्रदायक कम्पनि वर्ल्ड लिंक कम्युनिकेसन हेटौंडाले  विभिन्न स्थानमा फ्री वाईफाईको व्यवस्था गरेको वर्ल्डलिंक हेटौडाका सेल्स मेनेजर सुदिप नेपालले बताए ।

हेटौंडा बजार क्षेत्रमा रहदा जो कुनै पनि व्यक्ति इन्टरनेटको सुबिधाबाट बन्चित नहुन भन्ने उदेश्यका साथ् विभिन्न सार्वजनिक स्थान, होटल, अस्पताल, पार्क लगाएतका क्षेत्रमा फ्री वाईफाईको व्यवस्था गर्न लागिएको  बताए  । हाल हेटौंडाको चुरेहिल अस्पताल, हेटौंडा १० स्थित बसपार्कमा, हेटौंडा ४ हुप्रचौर स्थित इमो रेस्टुरेन्ट,सिसा रेस्टुरेन्ट सिमाचोकको कस्मो रेस्टुरेन्ट लगायतका स्थानमा फ्री वाईफाई जोडिसकीएको वर्ल्डलिंक हेटौंडाले जनाएको छ  ।

त्यस्तै विभिन्न सार्वजनिक स्थान, पुस्पलाल पार्क, सहिद स्मारक, चिल्ड्रेन पार्क, सुमो काउन्टर चौकीटोल लगाएतका स्थानमा छिट्टैनै फ्री वाइफाईको व्यवस्था गरिने मेनेजर नेपालले बताए ।


साथै वर्ल्ड लिंकले आफ्ना ग्राहकलाई सजिलो होस् भन्ने उदेस्यले अब छिटैनै एक स्थानमा बसी अर्कै स्थानको एकाउन्टको चलाउन सकिने, कसैको मोबाइलमा वाइफाई कनेक्ट हुनुअघि आफ्नो मोबाइलमा नोटिफिकेसन आउने लगाएत फिचर भएको मोबाइल एप्स् पनि सार्वजनिक गर्न लागेको बताइएको छ  । हेटौंडामा वर्ल्ड लिंकका ७ हजार ग्राहक रहेका छन्   । 

0 comments

Write Down Your Responses