Powered by Blogger.
लियो युवा नेतृत्वमा अब्बल हुन्छन् : न्यौपाने-एम्बास्डर अफ गर्भनर

मकवानपुर / लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका एम्बास्डर अफ गर्भनर कृष्णराम न्यौपानेले लियोमा लागेका युवा हरेक कुरामा अब्बल हुने बताएका छन् । लियो क्लबको ६१ औँ अन्तराष्ट्रिय स्थापना दिवसको अवसरमा आयोजना गरेको सप्ताहब्यापी कार्यक्रमको उद्घाटन गर्दै न्यौपानेले आजका युवाहरु सामाजिक कार्य सँगै लिडरशिपमा अब्बल बन्दै गईरहेको बताए  । 

उनले भने,“लियो भनेको लायन्सको फाउण्डेसन हो, लियो विना लायन्सको कार्यक्रम अधुरो हुन्छ ।” आफु लियो बन्न नपाएको स्मरण गर्दै लियोले समाजमा गरेका योगदानको प्रशंसा गरे । 
हेटौडा यरियालाई उच्चतम् बनाउनको सम्पुर्ण युवा लियोमा नेतृत्व आवश्यकता रहेको बताए ।  लियोको नेतृत्वमा दाग लाग्ने काम कसैले पनि नगरी हेटौडाका लियो देशकै नमुना बनाउन आग्रह गरे । न्यौपानेले लियो क्लवलाई सदैव सहयोग गर्न तयार रहेको बताए  । 

लायन्स क्लव हेटौडा मुक्तिनाथका अध्यक्ष बिकेश लाल श्रेष्ठले लियो क्लवका युवाहरु लायन्स क्लवहरुको मेरुदण्ड भएको बताए । लियोको साथ सहयोगले लायन्सले कार्यक्रम गर्न सहज भएको बताउदै युवाहरु लियोमा लाग्न आग्रह गरे । 
। लियो जिल्ला परिषद् ३२५ बि २ नेपालका सह कोषाध्यक्ष शिशिर पराजुलीले कार्यक्रमको सफलताको शुभकामना दिदै सबै लियोहरु एक भई कार्यक्रम सफल बनाउन आग्रह गरे । लियाले विगतको बर्ष भन्दा यस बर्ष भिन्न कार्यक्रम  अर्थात आँखा दान गर्ने कार्यक्रम राखेको भन्दै यस कार्यक्रममा  सबैले सहयोग गर्नु पर्ने बताए  ।

कार्यक्रमको सभाध्यक्ष तथा लियो जिल्ला परिषद् ३२५ बि २ नेपालका रिजन २ को रिजन कोअर्डिनेटर राजन श्रेष्ठले कार्यक्रमको बारे प्रष्ट पार्दै यस कार्यक्रममा सबैको साथ सहयोगको अपेक्षा राखेको बताए  ।
आज डिसेम्बर ५ तारिखका दिनबाट शुरु भएको कायक्रममा फ्ल्यास लाईट सहितको र्याली समेत सम्पन्न भएको छ । सो ¥याली  बैँक रोड, सिमा चोक हुँदै बुद्धचोकमा पुगी लियोको लोगो बनाई दिप प्रज्वलन गरि कोण सभामा परिणत भएको थियो । त्यस्तै रक्तदान, ईन्टर लियो क्विज कन्टेस्ट, ईन्टर लियो सेभेन ए साईड फुटबल, ब्याटमिन्टन र खाद्यपदार्थ वितरण समेत गरिने कार्यक्रम रहेको आयोजकले बताएका छ । सप्ताहव्यापी कार्यक्रमको डिसेम्बर ११ तारिखमा पुरस्कार वितरण सहित समापन गरिने छ ।
सामाजिक कार्य गर्ने उदेश्य सहित सन् १९५७ मा अमेरिकाबाट लायन्स क्लबले लियो क्लबको चार्टर गरेको हो । सोही दिनलाई आधार मानेर हरेक वर्ष लियो क्लबहरुले डिसेम्बर ५ तारिखका दिन विभिन्न कार्यक्रमहरु गर्दै आएको हो। नेपालमा भने सन् १९७१ मा लियो क्लब अफ काठमाडाँै स्थापना पश्चात लियो क्लबहरुको विस्तार हुदैछ ।  हाल लियो जिल्ला परिषद् ३२५ बि टु अन्तर्गत १ सय ४ वटा क्लबहरु रहेका छन् भने रिजन टु अन्तर्गत १० वटा क्लबहरु रहेका छन् ।

No automatic alt text available.
 त्यस्तै नेपालमा हाल ४ वटा लियो जिल्ला परिषद्हरु रहेका छन् । लियो क्लव हेटौडा भुटनदेविका अध्यक्ष लियो अनिल अधिकारीले संचालन गरेको उद्घाटन कार्यक्रममा हेटौँडा लियो क्लब अफ हेटौँडा, लियो क्लब अफ हेटौँडा बजार, लियो क्लब अफ हेटौँडा ग्रीन सिटी, लियो क्लब अफ हेटौँडा भुटनदेवी, लियो क्लब अफ हेटौँडा लर्ड बुद्ध, लियो क्लब अफ हेटौँडा पाथीभरा, लियो क्लब अफ हेटौँडा सुर्योदय, लियो क्लब अफ मकवानपुर युथ, लियो क्लब अफ मकवानपुर हेटौँडा र लियो क्लब अफ सुर्योदय राईजिङ गरी १० वटा लियो क्लबहरुको पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
 Image may contain: 6 people, including Ganesh Shrestha, people smiling



1 comments

Thankyou Damanpost and Leo RJ Rupak Kaliraj je for covering the news..

Write Down Your Responses