Powered by Blogger.
डेढ करोडको डिप बोरिङ योजना आउने भएपछि चखेलवाशी दंग


मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं ५ चखेललाई  लक्षित गरी करिव डेढ करोड रुपैंयाको खानेपानी आयोजना सञ्चालन हुने भएको छ । 

२०७२ सालको विनाशकारी भूकम्पको कारण उक्त क्षेत्रमा रहेको पानीका मुहानहरु सुके पछि गाँउपालिकाको पहलमा सो योजना सुरु हुन लागेको अध्यक्ष जीवन लामाले बताए । 

 पानीको अभावमा सास्ती भोगीरहेको करिव ३ सय  घरधुरीले सो आयोजना मार्फत लाभ लिने भएका छन् । सो योजनालाई मकैबारी–बोसीटोल–चखेल खानेपानी योजना भनिएको छ । 

गत सोमवार बसेको बैठकले सो आयोजना सम्पन्न गर्न समिर लामाको अध्यक्षतामा १३ सदस्यीय उपभोक्ता समिती गठन गरेको छ । 

इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाको प्रमुख आतिथ्यतामा सञ्चालित छलफलमा समिति गठन गरिएको हो ।   छलफल कार्यक्रममा ५ नम्बर वडाका अध्यक्ष धनराज महर्जनको अध्यक्षता रहेको थियो ।

सांसद क्षेत्र विकास कोष, प्रदेश सरकार, इन्द्रसरोवर गाउँपालिका र  केयर नेपाल अन्तर्ग सामुदायिक विकास केन्द्र सी.सी.डि.एन. को आर्थिक सहयोग र अनुदानमा करिव १ करोड ४० लाखको  अनुमानित खानेपानीको योजना बन्न लागेको हो । 

बोरीङ प्रविधी मार्फतको सो  योजना यहि आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको बताइन्छ । 

आयोजना मार्फत साबिक फाखेल गा.वि.स. वडा नं ६ र ७ का चखेल खोला, दोभानमा भुमिगत पानी ( डिप बोरिङ ) उत्खनन गरि मकैबारी, मधुवन, सिमपानी, ठुलो चउर, बोसिडोल, ठुलोघर टोल, माँझघर टोल लगायतका स्थानीयलाई सेवा पु¥याइने बताइएको छ । 

यो योजना आउने भएपछि चखेलवाशी दंग परेका छन् । 

0 comments

Write Down Your Responses